अब धनगढीको हाब्रे ईन्टरनेशनलले दिनेछ, बजार मूल्य भन्दा २० प्रतिशत सस्तो यी सामान ?

चिन तथा भारत बाट सामान सिधा धनगढी आयात गरिने भएकोले काठमाडौँको भन्दा पनि सस्तो पर्ने

अब धनगढीको हाब्रे ईन्टरनेशनलले दिनेछ, बजार मूल्य भन्दा २० प्रतिशत छुटमा यी सामान ?
प्रकाशित : :

धनगढी : धनगढीमा हाब्रे ईन्टरनेशनल प्रा.ली औपचारिक रूपमा सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिका वडा. नं. ४ स्थित गोल मार्केटमा रहेको हाब्रे ईन्टरनेशनल प्रा.ली. बुधवार देखी औपचारिक रूपमा सञ्चालनमा आएको हो। 

करिब १ करोडको लगानीमा सञ्चालनमा आएको हाब्रे ईन्टरनेशनल प्रा.लि. ले महिला, पुरुष र बच्चाहरूका भित्री लुगाहरू (ब्रा, पेन्टी र मोजा) सुपथ मूल्यमा अर्थात् बजार मूल्य भन्दा २० प्रतिशत सस्तो मूल्यमा थोक बिक्री गर्ने र उल्लेखित समानहरू चिन तथा भारत बाट सिधा धनगढी आयात गरिने भएको हुनाले यहाँ काठमाडौँको भन्दा पनि सस्तो पर्ने सञ्चालक नवीन पनेरुले जानकारी दिए । 

विशेष गरी युवाहरू बिदेसिने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै स्वरोजगार सृजना गर्दै बिदेसिने होडमा रहेकाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भनी ऊर्जा प्रदान गर्ने हेतुले व्यवसाय सुरु गरेको पनेरुले भनाई थियो । 

यस्तै, आगामी दिनहरूमा बजारको आवश्यकतालाई मध्यनजर गर्दै शाखा बिस्तार सङै अन्य घरायसी सरसामानहरूको पनि आयात गर्दै ग्राहक वर्गहरूको सुलभ सेवामा सदैव समर्पित रहने बताएका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

76%

खुसी

0%

दुःखी

24%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट