धनगढीमा तेस्रो निर्माण सामाग्री ‘हार्डवेयर एक्सपो’ २०८० हुने

वास्तु विज्ञबाट निशूल्क परामर्श

धनगढीमा तेस्रो निर्माण सामाग्री तथा 'हार्डवेयर एक्सपो' २०८० हुने

धनगढी : कैलालीको धनगढीमा तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० हुने भएको छ । कैलाली हार्डवेयर संघको आयोजनामा असोज १० गतेदेखि चार दिनसम्म धनगढीस्थित होटेल सौराईं स्क्वायर प्यालेसमा हुने भएको हो ।

व्यवसायीका र बस्तुगत बजार विकासका लागि २०७५ सालदेखि सुरु भएको एक्सपो कोभिड महामारीका कारण प्रभावित भएको थियो । यस वर्षदेखि पुन निरन्तरता दिइन लागेको मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

पूर्वाधार निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआइतार, सेनेट्री टायल्स तथा होम डेकोरेसनको लागि चाहिने सबै सामानहरू अवलोकनकर्ताको सामु प्रत्यक्ष रूपमा प्रदर्शन गरिनुका साथै इन्जिनियर, आर्किटेक्चर, आन्तरिक डिजाइनर आफ्ना निर्माणका लागि स्पष्ट योजना तयार गर्न सक्ने आयोजक संस्थाका अध्यक्ष कुवेर शाहीले बताए ।

एक्सपोमा देशका विभिन्न स्थान तथा बाह्य राष्ट्रका गरी हार्डवेयर कम्पनीका ५० भन्दा बढी व्यवसायीहरूको स्टल रहने छ । सो एक्सपोमा अवलोकन गर्न चाहनेलाई प्रवेश निशूल्क गरिनुका साथै स्टलमा खरिद गर्दा छुटसहितको योजना तथा लक्की ड्रमार्फत अवलोकनकर्तामध्ये पाँच जनालाई आकर्षक पुरस्कार र अन्तिम दिन तीन जना भाग्यमानी अवलोकनकर्तालाई बम्पर उपहार प्रदान गरिने उनले बताए ।

उनका अनुसार एक्सपोमा नयाँ प्रविधि, उपकरण र मेसिनहरू रहनुका साथै वास्तु विज्ञबाट निशूल्क परामर्श, सामानको गुणस्तर र मूल्यको तुलना गर्दै उत्कृष्ट सामाग्री छनौट गर्न सकिने छ । उनले भूकम्प प्रतिरोधी निर्माण सम्बन्धी जानकारी पनि दिइने बताए ।
उनले एक्सपो सरकारका संरचनाका साथै विद्यार्थीहरूका लागि पनि निर्माण सामाग्री तथा हार्डवेयरबारे बुझ्ने मौका मिल्ने स्थल बन्ने बताए ।

तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० हुने
तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० हुने

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार