अत्तरियाबाट सञ्चालक सहित पाँच जुवाडे पक्राउ

धनगढीबाट जुवा तास खेलिरहेको अवस्थामा होटेल सञ्चालक सहित पाँच जना पक्राउ

धनगढी : कैलालीको अत्तरियास्थीत एक प्लाजाबाट सञ्चालकसहित पाँच जुवाडे पक्राउ परेका छन्। कैलालीको अत्तरियामा रहेको रेड्सन प्लाजाबाट सञ्चालकसहित पाँच जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गोदावरी नगरपालिका–१ मा रहेको रेड्सन प्लाजाबाट होटल सञ्चालक ४२ वर्षीय करनबहादुर चन्द,गोदावरी नगरपालिका–१ कै ३४ बर्षिय जितेन्द्र शाह, गोदावरी नगरपालिका–५ का ४३ बर्षिय टेक बहादुर बिष्ट, गोदावरी नगरपालिका–४ का ४५ बर्षिय जगत धामी र जोरायल गाउँपालीका २ का ४३ बर्षिय दिल बहादुर बिष्ट रहेका छन् ।

रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा शनिबार प्रहरीले सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीको खटिएको प्रहरी टोलीले एक लाख ५५ हजार दुई सय नगद, पाँच गड्डी तास, तीन पाना एनएमबी बैंकको खाली चेकसहित पाँच जनालाई पक्राउ गरिएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

उता कञ्चनपुरबाट पनि प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४६ वर्षीय मण्डी बडायकले सञ्चालन गरेको नास्ता पसलबाट उनीसहित ८ जना पक्राउ परेका हुन्। कोठाभित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालकसहित ८ जना जुवाडेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सो नास्ता पसलबाट ११ हजार ५१० रुपैयाँ नगद र ६ गड्डी ताससहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार