धनगढी क्रिकेट एकेडेमीद्वारा नयाँ सेतो जर्सी सार्वजनिक

धनगढी क्रिकेट एकेडेमीद्वारा नयाँ सेतो जर्सी सार्वजनिक

धनगढी : धनगढी क्रिकेट एकेडेमीले नयाँ जर्सी सार्वजनिक गरेको छ । एकेडेमीमा आबद्ध र एकेडेमीको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्ने खेलाडीहरू का लागि उक्त नयाँ जर्सी सार्वजनिक गरेको हो ।

धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार बिहान आयोजित एक कार्यक्रमका बिच नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका उप-सचिव दशरथ बुढा, नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच जगत टमाटा र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रूपमा उक्त जर्सी सार्वजनिक गरेका हुन् ।

नयाँ जर्सीको तल बिच भागमा सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए) को लोगो छ । जर्सीको बायाँ तर्फ धनगढी सिटी अफ क्रिकेट लेखिएको छ भने दायाँ पट्टी ‘ब्लेस’ र ‘सेफ्टी’को लोगो राखिएको छ । पछाडि पट्टि ‘ग्रिन क्लिन धनगढी’, डी.सी.ए र जर्सी नम्बर राखिएको छ । रङ्ग सेतो रहेको छ भने घाँटी, हात र दुवै हातको दायाँ/बायाँ तर्फ मसिनो कालो धर्सा राखिएको छ । यो सँगै अब देखी धनगढी क्रिकेट एकेडेमीका प्रतिनिधित्व गर्ने खेलाडीहरूले सेतो ड्रेस र रातो बलको प्रयोग गर्ने छन् ।

उक्त अवसरमा बोल्दै राष्ट्रिय प्रशिक्षक जगत टमाटाले धनगढी क्रिकेट एकेडेमीले लिएको लक्ष र हाल सम्म क्रिकेट क्षेत्रमा गरेका उदाहरणीय कामहरू को प्रशंसा गर्दै सेतो जर्सी र रातो बलले अझै नयाँ पन र ऊर्जा थप्ने बताए । ‘धनगढी क्रिकेट एकेडेमी सुपको क्रिकेटमा मात्रै नभई राष्ट्रिय लेबलमै विशेष योगदान पुर्‍याएको छ । अझ थप सेतो जर्सी र रातो बलले छुट्टै पहिचान बनाउन सकोस्, देशमै यो संस्कृति नौलो पनि छ सफलताको शुभकामना दिन चाहन्छु ।’ उनले भने ।

सोही अवसरमा धनगढी क्रिकेट एकेडेमीका म्यानेजर समुयल न्यौपानेले नेपालले दुई दिने विश्वकप क्रिकेट प्रतियोगिता पनि खेल्नु पर्छ भन्ने क्याम्पेन चलाउँदै सेतो ड्रेस र रातो बलको संस्कृतिको विकासले धनगढी सिटी अफ क्रिकेटलाई थप उचाइमा पुगाउन/चिनाउने उद्देश्यका साथ आज बाट धनगढी क्रिकेट एकेडेमीले उक्त ड्रेस सार्वजनिक गरेको र उक्त कार्यमा सबैको साथ सहयोग पाउनेमा विश्वास व्यक्त गरे ।

  • आजबाटै खेलाडीहरु का लागि तिन दिने प्रशिक्षण तालिम सुरु

यसका साथै धनगढी क्रिकेट एकेडेमीले खेलाडीहरूको खेल सिप विकास गर्नको निम्ति आजबाट तिन दिने प्रशिक्षण क्याम्प चलाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा नेपाल यु-१९ का प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टाटाले खेलाडीहरूलाई प्रशिक्षण गराई रहेका छन् ।

म्यानेजर न्यौपानेका अनुसार उक्त प्रशिक्षण क्याम्पबाट धनगढी डी.सी.ए मा क्रिकेट अभ्यासका लागि जोडिएका ५० जना बढी विभिन्न उमेर समूहका खेलाडीहरू लाभान्वित हुने छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार