पालिका स्तरीय कक्षा ८ को परीक्षामा धनगढीका २ संस्थागत विद्यालयको नतिजा निल

धनगढी उप-महानगरपालिका

धनगढी : कैलालीको धनगढी उप-महानगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा २ संस्थागत विद्यालयको नतिजा निल आएको छ । पालिका स्तरीय परीक्षामा सहभागी भएका ६४ संस्थागत विद्यालय मध्ये २ विद्यालयको नजिता निल आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

नतिजा निल आउनेमा धनगढी ३ मा रहेको ब्रोडभिजन इङ्लिस बोर्डिङ स्कुल र वडा नम्बर २ मा रहेको दुन एकेडेमी रहको धनगढी उपमहानगरपालिको शिक्षा शाखाले जनाएको छ। यस्तै धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थी कक्षा ८ को वार्षिक परीक्षामा सम्मिलित भएका मध्ये एक हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन्।

गत वर्ष ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यो वर्ष ३१ प्रतिशत विद्यार्थी परीक्षामा सफल भएका छन्। सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहको परीक्षामा सम्मीलित भएका ५ हजार ९३६ विद्यार्थी मध्ये ३ हजार ६१ जना विद्यार्थी पहिलो चरणमै पास भएका छन्। जुन कुल परीक्षामा सम्मीलित संख्याको ५२ प्रतिशत हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार