ब्याग्स अफ होपले  ‘इम्पावरीङ डेमोक्रसीः एम्पीज वीथ स्टुडेन्ट्स’ कार्यक्रम आयोजना गर्दै

ब्याग्स अफ होपले ‘इम्पावरीङ डेमोक्रसीः एम्पीज वीथ स्टुडेन्ट्स’ कार्यक्रम आयोजना गर्दै

धनगढी: ब्याग्स अफ होप सामाजिक संस्थाले ‘इम्पावरीङ डेमोक्रसीः एम्पीज वीथ स्टुडेन्ट्स’ कार्यक्रम आयोजना गर्न गइरहेको छ । संस्थाले काठमाडौँ उपत्यकाका ठुला सरकारी र प्राइभेट गरी १० वटा कलेजहरू मा कार्यक्रम आयोजना गर्न गइरहेको हो ।

उक्त कार्यक्रम देशका चर्चित र जिम्मेवार सांसदहरू लाई सहभागी गराई युवा सशक्तीकरण, राजनीतिमा युवाको भूमिका, देशमा बाकी रहेको आशा र सम्भावना लगायतका विषयमा अन्तरक्रिया गरिने भएको छ ।

कार्यक्रमको पहिलो शृङ्खला टी.यु सेन्ट्रल क्याम्पस, कीर्तिपुरमा पूर्व परराष्ट्र मन्त्री एन.पी साउदको उपस्थितिमा हुने र कार्यक्रमका सबै शृङ्खलाहरू टिभी टुडे मा प्रत्यक्ष प्रसारण हुने कार्यक्रम संयोजक एस.पी भट्टले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार