सुदूरकै चेली धनगढी एफसीकाे ब्रान्ड एम्बास्डर [भिडियो]

धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा नियुक्त भए पछि मिस पवीको खुसी

धनगढी : ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं नियुक्त गरेको छ ।

धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मिस पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन । धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन् ।

धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन् ।

नेपाल सुपर लिगको साविक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु । कहिले दशरथ रंगशालामा खेल होला र कहिले खेल हेर्न जाउला भनेर आतुर पनि भैसँके, उनले भनिन्, पहिलो सिजनमा सबैको अपार मायाँ साथ समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो । यस सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ । धनगढीले अझै राम्रो फुटबल पस्किदै दर्शकहरुलाईं मनोरञ्जित पार्ने विश्वास छ ।

धनगढी एफसीका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बास्डरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।

सुदूरपश्चिमबाट उदाउँदै लोकप्रिय राष्ट्रिय कलाकार समेत रहनुभएकी मिस पवीलाई धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा पाउँदा हामी अत्यन्तै हर्षित छौं, केसीले भने, उहाँको आगमनले टोलीमा नयाँ उर्जा थपिएको छ । उहाँलाई धनगढी एफसी परिवारमा स्वागत गर्न चाहान्छु ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।
एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् । आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार