SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयबढी विद्यार्थी दीक्षित हुने

स्थगित भयो सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया

सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले कूल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने जानकारी दिए । उनले यो पटक अनलाइनबाट पनि फारम सङ्कलन गरेको बताए ।

“विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ ।” उनले भने, “अहिले आवश्यक तयारी भइरहेको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयका एवं प्रधानमन्त्री कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने दीक्षान्त समारोहमा भारतको कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावतको प्रमुख आतिथ्यता रहने विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्णबहादुर थापाले समयमै दीक्षान्त समारोह हुने गइरहेको बताए ।

व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस स्नाकोत्तर तहका विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियर सङ्काय स्नातक तहका नवीनप्रसाद भट्टलाई भाइस चान्सलर पदक पाउने भएको विश्वविद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार