धनगढीको एसपीएका विद्यार्थीले स्मार्ट सहरका लागि गरे यी तीन आविष्कार, के-के हुन्छ पढाई ?

स्मार्ट शहरका लागि एसपीएका विधार्थीले बनाएर स्मार्ट होम

धनगढी : स्मार्ट सहरको आधारभूत संरचनाका रुपमा रहेको स्मार्ट होम (घर) लागि आवश्यक पूर्वाधारहरु सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विधार्थीहरुले विकास गरेका छन् । एसपीएमा बीआईएम छैटौं सेमिस्टरमा अध्ययनरत विधार्थीहरुले ‘स्मार्ट होम’ अवधारणाको विकास गरेका हुन् । जसमा स्मार्ट घरमा हुनुपर्ने आइटीमा आधारित आधारभूत सामाग्रीहरु छन् ।

एसपीएका विधार्थीहरु पवन अवस्थी, नमिता जपरेल, सुदीप वली, कमला जोशी र सोनु भण्डारीले उक्त प्रविधिको विकास गरेका हुन् । उनीहरुले विकास गरेको प्रविधिअनुसार घरमा भएका सामाग्रीहरु एसी, फ्रिज, ग्यास, टिभी, बत्तीहरु गाडी लगायत बस्तुहरुलाई आफू घर बाहिर भएका बेला पनि कन्ट्रोल गर्न सकिन्छ । यस्तै उनीहरुले बनाएको प्रविधिमा घरमा अपरिचित व्यक्ति वा चोर आएपनि अलार्म (घण्टी) बज्ने सिस्टम समेत राखिएको छ । यस्तै गाडी पार्किङभन्दा दायाबायाँ गयो भने मोबाइलमा जनाउ घन्टी बज्ने गर्छ ।

‘घर सुरक्षित बनाउँन आवश्यक सम्पूर्ण प्रविधिहरु आइटीमा आधारित रहेर हामीले विकास गरेका छौं,’ विधार्थी पवन अवस्थीले भने, ‘आधुनिक स्मार्ट शहरमा हुने स्मार्ट घघरका लागि हामीले यी प्रविििधको विकास गरेका हौं । हामीले विकास गरेका प्रविधिहरुको प्रयोग गर्दा जो सुँकै घरमालिक पनि ढुक्क भएर बस्न सक्छ ।’विधार्थीले बनाएको प्रविधिअनुसार भान्सामा सेन्सर राख्न मिल्छ । उक्त सेन्सरले ग्यास लिक भएको अवस्थामा मोबाइलमा घण्टी बजाउँछ । जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोग्न सकिने पवनले बताए । स्मार्ट होससँगै उक्त समूहका विधार्थीले स्मार्ट ग्लास प्रविधिको विकास पनि गरेका छन् । उक्त स्मार्ट ग्लास दृष्टिविहिन व्यक्तिहरुका लागि वरदान सावित हुने समूहकी अर्की विधार्थी नमिता जपरेलले बताईन् ।

‘यो ग्लास लगाएर हिडडुल गर्दा अगाडि केही बस्तु आएमा वा बाधा आएरमा दृष्टिविहिन व्यक्तिलाई जनाउ घण्टी बज्छ,’ नमिताले भनिन्, ‘यसले गर्दा दृष्टिविहिन व्यक्तिलाई हिडडुल गर्दा सहज हुनुका साथै कुनै दुर्घटना हुन पाउँदैन ।’सोही समूहका विधार्थीहरुले अर्को प्रोजेक्टका रुपमा ‘फाइटर रोबर्ट’ को पनि विकास गरेका छन् । उक्त रोबर्टले अफिस, घर, रेष्टुरेन्टमा काममा सघाउँछ । अफिसमा समान, फाइलहरु बोक्ने, रेष्टुरेन्टमा अर्डर लिने, खाना पुर्याउनेलगायत कामहरु उक्त रोबर्टले गर्ने पवनले बताए । ‘हामीले दैनिक रुपमा मानविय क्रियाकलापलाई सघाउ पुगोस् भन्ने उदेश्यले यी प्रविधिको विकास गरेका हौं,’ पवनले भने, ‘अहिले हामीले सानो स्केलमा यी प्रविधिहरु बनाएका छौं । यसको ठूलो र विस्तारित रुप बनाउँदै जानेछौं ।’

‘विधार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो । छोटो समयमै एसपीएका विधार्थीहरुले यी प्रविधिको आविष्कार गरेका छन्,’ एसपीएका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु तत्पर छन् । विधार्थीहरुलाई आइटी क्षेत्रबाट समाज र देश परिवर्तन गर्न प्रेरित गर्न हामी दिनरात भनेर काम गरिरहेका छौं ।’

सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एकमात्रै शैक्षिक संस्था हो । बीआईएम विषय जुनसुकै संकायबाट १२ पास विधार्थीहरुले पढ्न पाउँछन् । त्यसका लागि सिम्याट९प्रवेश परीक्षा० परीक्षा दिनुपर्छ । हाल एसपीएमा सीम्याटको तयारी कक्षाहरु भईरहेका छन् । बीएचएम पढ्न चाहने विधार्थीले तुरुन्त एसपीएमा सम्पर्क राख्न कार्यक्रम निर्देशक पुनले जानकारी दिए ।

केही समयअघिमात्रै धनगढीमा भएको सुदूरपश्चिमाञ्चरस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का बीआईएम पढिरहेका विधार्थीहरुले बनाएका दुई प्रोजेक्टहरु शीर्ष ५ भित्र पर्न सफल भएका थिए ।

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टहरुमध्येबाट उत्कृष्ट ५ प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सुचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विधार्थीहरुले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’ नामक दुई प्रोजेक्ट शीर्ष ५ भित्र छानिन सफल भएका हुन् ।

उत्कृष्ट ५ भित्र पर्न सफल प्रोजेक्टहरुले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँनेछन् । काठमाडौंमा देशैभरिका सातै प्रदेशबाट छनोट भएर आएका उत्कृष्ट प्रोजेक्टहरुबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उक्त प्रोजेक्टहरु अघि बढाउँन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ ।

एसपीएमा बीएचएम चौथो सेमिस्टरमा अध्ययनरत् विधार्थीहरु नरेश विष्ट, ललितराज जोशी, रमेश बोहरा र सन्तोष लुहारले स्मार्ट डस्टबिन प्राजेक्टको विकास गरेका हुन् । सेन्सरउक्त उक्त स्मार्ट डस्टबिनको ढोका मानिसहरु नजिक जादा आफै खुल्ने र डस्टबिनबाट टाढा जादा आफै बन्द हुने हुन्छ ।

‘डस्टबिनमा फोहोर चिजबस्तु फाल्ने गरिन्छ । हातले छोएर ढक्कन खोल्नुपर्दा त्यसमा भएका किटाणुहरु हातमा टासिने हुनसक्छ । त्यसबाट रोगब्याधी फैलने सम्भावना हुन्छ,’ प्रोजेक्टमा काम गरेका विधार्थी ललितले भने, ‘हाम्रो स्मार्ट डस्टबिनको प्रयोगबाट ढक्कन छुन पर्दैन । मानिसहरु फोहर फाल्न नजिक जादा आफै खुल्छ भने मानिसहरु डस्टबिनबाट टाढा जादा आफै बन्द हुन्छ । आफै बन्द हुने भएकाले डस्टबिनको गन्ध वातावरणमा पनि फैलन पाउँदेन ।’

एसपीए बीआइएम विभाग प्रमुख उपप्रध्यापक तथा इन्जिनियर भीम पुन र सुपरभाइजर रविन्द्र राना र सन्देश यादवको नेतृत्वमा विधार्थीहरुले उक्त प्रोजेक्टको विकास गरेका हुन् ।

‘एसपीएको एउटा स्लोघन(नारा) छ, हामी विकास गर्दैन, हामी आविष्कार गर्छौ,’ बीआइएम विभाग प्रमुख पुनले भने, ‘त्यही स्लोघन २०–२५ दिनको बीचमा एसपीएका विधार्थीहरुले यी प्रोजेक्टहरुको आविष्कार गरेका हुँन् । छोटो समयमै उनीहरुले उनीहरु सुदूरपश्चिम क्षेत्रकै उत्कृष्ट नवप्रवर्तकमा चुनिनुभएकोमा हामी गौरवाम्वित छौं ।’

विधार्थीहरुले विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यी प्रोजेक्टका लागि काम गरेको पुनले बताए । मानिसहरुका दिनानुदिन समस्याको निराकरणका लागि विधार्थीहरुले उपयोगी उपकरणहरु बनाएकै कारण उत्कृष्टभित्र पर्न सफल भएको उनले बताए ।

फेस्टमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह र सुदूरपश्चिम प्रदेशमन्त्री डा रणबहादुर रावलले विधार्थीहरुलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरेका थिए ।

‘एसपीएले संख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीहरु अवसर पाउँन सक्दैनन,’ पुनले भने, ‘बीआइएमको स्कोप ब्रोड छ। पढ्दै जागिर गर्न सकिन्छ। सरकारी कार्यालय(आइटी अफिसर), बैंकिङ, शैक्षिक संस्था, उद्यमशिलता, स्टार्टअप, मध्यम, साना व्यापार व्यवसाय जहाँपनि आइटीको आवश्यकता पर्ने भएकाले बीआइएमको अवसर जतासुँकै उच्च रहेको छ।’

बीआइएम प्लस टूमा विज्ञान पढेका र नपढेका दुबै विधार्थीले अध्ययन गर्नसकिने विषय हो । विज्ञान संकायबाहेकका विधार्थीले सिम्याट गर्दै भर्ना हुनसक्छ । एसपीएको बिआईएममा ३३ जना विधार्थीहरु बीआईएममा भर्ना हुने कोटा रहेको छ ।

अघिल्लो हप्तामात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए )ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

नेपालकै उत्कृष्ट १३ कलेजभित्र पर्दै धनगढीको एसपीएले पायो राष्ट्रिय सम्मान

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो । अवार्ड ग्रहण गर्दै उपाध्यायले २५ वर्ष लामो शैक्षिक इतिहास बोकेको एसपीए कलेजले यो सम्मान पाउँनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताउँनुभयो ।

‘सम्मानका लागि सुदूरपश्चिमसँगै देशभरिकै कलेजबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा सबै मानकहरुमा अब्बल ठहरिदै एसपीए कलेज देशकै उत्कृष्ट कलेजमा पर्न सफल भएको छ,’ उपाध्यायले भन्नुभयो, ‘स्मार्ट एसपिएन बनाउँने हाम्रो अभियानमा यो कोशेढुंगा सावित हुनेछ । यस सफलतालाई आत्मसात गर्दै सुदूरपश्चिम र देशकै शैक्षिक क्षेत्रमा अब्बल कलेजका रुपमा स्थापित हुने बाटोमा हामी प्रयत्नरत छौं ।’

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार