SKIP THIS

S.P.A  Collage

लिटिल मिस एन्जल नेपाल र चिरायू डेण्ट केयर बीच सम्झौता

लिटिल मिस एन्जल नेपाल २०२४ पाँचौं संकरणले वानेश्वरकाे थापा गाँउमा रहेको चिरायू डेण्ट केयर एसोसिएट्सको साथ पाएको छ।

लिटिल मिस एन्जल नेपाल २०२४ पाँचौं संकरणले वानेश्वरकाे थापा गाँउमा रहेको चिरायू डेण्ट केयर एसोसिएट्सको साथ पाएको छ। कलश इभेन्टस् र चिरायू डेण्ट केयर एसोसिएट्सको औपचारिक सम्झौता अनुसार चिरायू डेण्ट केयर डेण्टल पार्टनर बनेको छ। मंगलबार कलश इभेन्टस् का अध्यक्ष सञ्जय महर्जन र चिरायू डेण्ट केयरका प्रबन्ध निर्देशक सागर जोशी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार चिरायू डेण्ट केयरले लिटिल मिस एन्जल नेपाल लाई डेण्टल स्वास्थ्य सेवा प्रदान गर्नेछ भने सब टाइटल स्पोन्सर गर्ने छ । आगामी जेष्ठमा हुन गइरहेको लिटिल मिस एन्जल नेपाल २०२४ पाँचौं संकरण लाई मध्य नजर गर्दै यी दुईबीच सम्झौता भएको हो।

कलश इभेन्ट्सले ९ देखि १३ वर्ष सम्मका बालिकाहरुको अति प्रतीक्षित लिटल मिस एन्जल नेपाल– २०२४ का लागि इच्छुक ९ देखि १३ वर्ष सम्मका बालिकाहरु बिच प्रतिस्पर्धा हुने छ । यसपटकको प्रतियोगिताका लागि आयोजक संस्थाले काठमाडौं उपत्यकाका बालिकाहरुले सहभागीता लिन सकिने कुरा जनाएको छ । आगामी जेठ ५ गते अभिभाबक तथा सहभागी बालिकाहरुको उपस्थितिमा कार्यक्रमका बारेमा प्रारम्भिक जानकारीमुलक कक्षा सञ्चालन गरिने छ । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् र पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई नगद पुरस्कार सहित बिजेता अवार्ड र विभिन्न गिफ्ट हम्परहरु बाट पुरस्कृत गरिनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार