धनगढीमा नगर प्रहरीलाई उप-महानगरपालिकाले आवश्यक तालिम दिदैं

धनगढीमा नगर प्रहरीलाई उप-महानगरपालिकाले आवश्यक तालिम दिदैं

धनगढीः कैलालीको धनगढीमा नगर प्रहरीलाई उपमहानगरपालिकाले सशक्त बनाउँदै लगेको छ। उपमहानगरले नगरवासीको सुरक्षा र विपदका समयमा गर्नुपर्ने उद्दार लगायत विषयमा आवश्यक तालिम दिन थालेको छ।

उपमहानगरपालिकाले नगर प्रहरीलाई भत्केका संरचनामा गरिने खोज तथा उद्दार सम्बन्धी र भवनमा हुने क्षतिको लेखाजोखा सम्बन्धी तालिम समेत दिइरहेको छ। यस प्रकारको तालिम अहिले जारी छ। यसअघि नगर प्रहरीलाइ सर्प समात्ने तालिम पनि प्रदान गरिएको थियो।

तालिमपछि दक्ष बनेका नगर प्रहरीले झण्डै चार सयको संख्यामा घरभित्र पसेका सर्प समातेर उद्दार गरेको थियो। त्यस्तै आगलागीबाट बच्न र त्यसका लागि अपनाउनुपर्ने सुरक्षा लगायत विषयमा पनि नगरप्रहरीलाइ तालिम प्रदान गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार