कुकुरले बाघ मारेपछि ?

कुकुरले बाघ मारेपछि ?
प्रकाशित : :

पोखरा : कास्कीको माछापुच्छे गाउँपालिका १ घाचोकको टुसेमा कुकुरले चितुवा (बाघ) मारेका छन् । शनिबार बिहान घाचोकमा कुकुरहरुले चितुवा मारेका हुन् ।

शनिबार बिहान एउटा रुखमा रहेको चितुवालाई डन्डे परियारले देखेका थिए । उनै परियारलाई चितुवाले आक्रमर्ण गर्न आए पछि कुकुरहरुले टोकेर मारेका हुन् । परियारलाई चितुवाले तीन पटक आक्रमण गरेको थियो ।

उनका हातको ठाउँमा घाउ भएको छ । शुक्रबार राति नै चितुवा रुखमा चढेको थियो । कुकुरहरु रुख मुनी रातभर कुरेर बसेका थिए । बिहान डन्डे परियार रुख मुनी आउने वित्तकै रुखबाट झरेर चितुवाले आक्रर्मण गरेको थियो ।

उनले प्रतिकार गरेर बाच्न सफल भएपनि कुकुरहरुको आक्रर्मणबाट चितुवा भने मरेको छ । उनलाई आक्रर्मण गरेपछि नजिकै बारिमा मकै खन्दै गरेका गाउँहरु पनि आएका थिए ।

चितुवालाई त्यहाँ रहेका ७/८ वटा कुकुरहरुले आक्रर्मण गरेर मारेको परियारले बताए । मृत चितुवालाई एक्यापका प्रर्तिनिधिहरुले लगेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार