धनगढी उपमहानगरद्वारा दोस्रो चरणको पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन

किसानले उत्पादन गरेको फुल बजारीकरणको अभावमा बिक्री हुन नसके सबै फुल उपमहानगरले खरिद गर्ने

धनगढी उपमहानगर द्वारा दोस्रो चरणको पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सुरु

धनगढी : धनगढी उप-महानगरपालिकाले दोस्रो चरणको पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सञ्चालन गरेको छ । आइतबार देखी उपमहानगरले उत्पादन गरेको फुलको बजारीकरण, पुष्प सजावट र पुष्पलाई प्रविधि सँग जोड्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो ।

धनगढी उपमहानगरपालिका कृषि विकास शाखाको आयोजनामा काठमाडौँबाट प्रशिक्षक बोलाएर असोज २६ गते (६) दिन सम्म जारी रहने पुष्प खेती प्रविधि तथा पुष्प सजावट तालिम सामुदायिक प्रहरी कार्यालयको हल हसनपुरमा सञ्चालन रहेको छ । भने उक्त तालिमको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले गरेका हुन् ।

उक्त तालिममा उपमहानगर भित्रका पुष्प खेती गर्ने व्यवसायीहरू सहभागी भएका छन् भने हर्षित हुँदै उपमहानगरलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । प्रशिक्षकका रुपमा राजु तामाङ र विश्वमणि पोख्रेल रहेका छन् ।

उपमहानगरले गर्न लागेको यो दोस्रो चरणको तालिम हो । यस अघि पुष्प खेती कसरी गर्ने सम्बन्धमा पुष्प खेती गर्ने कृषकहरूलाई तालिम दिई सकेको छ ।

उपमहानगरपालिकाले २०७९ असोज १ गतेबाट प्लास्टिक ब्यान्ड गरे सँगै प्लास्टिकका फुलहरूको बिकल्पका रुपमा प्राकृतिक महत्त्व बोकेका फुलहरू तर्फ किसान र व्यवशायीहरुलाई जोड्न खोजेको छ । प्लास्टिकको अव्यवस्थित प्रयोगले हुने वातावरणीय प्रदूषण र नेपाली पैसा बिदेसिन नदिन एवं स्वदेशमै रोजगारीको सिर्जना गर्न तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । भने किसानले उत्पादन गरेको फुल बजारीकरणको अभावमा बिक्री हुन नसके सबै फुल उपमहानगरले खरिद गर्ने भन्दै किसान, पुष्प व्यवशायीहरुलाई ढुक्क भएर फुल खेती गर्न समेत उपमहानगरले आग्रह गरेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार