शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ

प्रकाशित : :

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दाघटनास्थलमै मृत्यु भएको थियो । हत्या पछि मुख्य अभियुक्तनन्दुहालसम्म फरार रहेका थिए । हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारीनन्दुलाई पक्राउ गरेको हो ।

साथै हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नी) लाई २०७० साउन २४ गते र बारा साविक फेटा गाविस-१ बस्ने बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतबारामा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट