गगन थापा सहित कांग्रेसका ७० जनालाई कोरोना संक्रमण

GaganKumarThapa
प्रकाशित : :

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो ।

सोमबारको केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारी सहित २७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक भएको छ ।

साथै अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा ७४ भन्दा धेरै कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट