धनगढी: डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले अगाडि सारेका माग सम्बोधन गनुपर्ने भन्दै साझा पार्टी कैलालीले शनिबार पनि धनगढीमा प्रदर्शन गरेको छ।
पार्टीको अभियान विभागले आज धनगढीको चौराहादेखि पार्कमोडसम्म ¥याली निकालेको छ। प्रदर्शनमा उत्रिएका समर्थकहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नुपर्ने लगायतका प्लेकार्डहरु बोकेका थिए। साझा पार्टी विगत १९ दिनदेखि धनगढीमा प्रदर्शन गरिरहेको छ। डाक्टर गोविन्द केसी २७ दिनदेखि अनशनमा छन्। उनी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए।
डा. गोविन्द केसीको समर्थनमा साझा पार्टी कैलालीको सान्तिपुर्ण प्रदर्शन हरौं तस्विरमा…









You must be logged in to post a comment.