विश्वमा बिद्यार्थीहरुको नोबल पुरस्कार भनेर चिनिने हल्ट प्राइज कृषि तथा वन विज्ञान विश्वविद्यालय को आंगिक कलेज प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टीकापुरको आयोजनामा ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत, गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके गरी ३ क्याम्पसको यस वर्ष पहिलोपटक संयुक्त ‘अन क्याम्पस’ प्रतियोगिता भईरहेको कार्यक्रमका ईभेन्ट म्यानेजर किरण उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार प्रतियोगितामा भागलिन तथा सभहभागिले निम्न नियमहरुको पालना गर्नुपर्ने छ । प्रतियोगिताबारे वस्तृत जानकरी निम्नप्रकार रहेको छ ।
हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विध्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिस्पर्धाका विजेता विध्यार्थीहरूका लागि १ मिलियन अमेरिकीडलर पुरस्कार रहेको छ । यो युवाहरुको सञ्जाल हो जस्ले युवापुस्तालाइ समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विध्यार्थीहरुको लागि संसारकै ठुलो प्रतिस्पर्धा हो।
कसरी र कस्तो बिषय हुनेछ?
हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकासका लक्ष्य (SDGs) ‘ मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र बिषय’ घोषणा गर्दछ र उक्त बिषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडिया सहित प्रस्तुत हुनु पर्छ। यो बर्षको चुनौती र बिषय “Food For Good” घोषणा भइ सकेको छ र प्रतियोगिहरुले सोहि विषयमा आधारित भएर आफ्नो उद्धमशिलता बिचार प्रस्तुत गर्नु पर्ने हुन्छ।
प्रतियोगी कति हुने गरेका छन् ?
विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका २,५०० भन्दा बढी विश्वविद्यालयहरुबाट ३,००,००० भन्दा धेरै विध्यार्थीले सहभागीता जनाउने गरेका छन्।
कसरी हुन्छ त कार्यक्रम ?
यस कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयको आगिंक कलेज प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरमा पहिलोपटक आयोजना हुनगइरहेको छ । प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, ब्राइट मध्य पश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत तथा गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके गरी ३ क्याम्पसको संयुक्त आयोजनामा भव्यताका साथ प्रतियोगिता सम्पन्न गराउनेमा विश्वस्थ छन् । प्रत्येक क्याम्पस अथवा विश्वबिद्यालहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ । “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी हल्ट प्राइजका क्याम्पस निर्देशक भरत साउदले जानकारी दिएका छन् ।यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत ३-४ जना बिद्यार्थीहरुको समूहले भाग लिन सक्दछ्न, (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुने छैन)।
उनले थप्दै भने तिनै क्याम्पसका प्रमुख, केही प्रतिनिधि पदाधिकारी र सरोकारवालासँग भर्चुअल मिटिङ भइ हुन गइरहेको कार्यक्रमको प्रक्रिया र ढङ्गको बारेमा बहस भइसकेको छ । उपस्थित महानुभावहरुले भर्चुअल मिटिङमा बोल्दै कार्यक्रममा आर्थिक ,सामाजिक र बौद्धिक सहयोग जनाउने प्रतिबद्दता जानाउदै एक सकारात्मक कदम भनेर प्रशंसा समेत गर्नु भयो र कार्यक्रमको भव्य आयोजना गर्न सल्लाहसुझाव र हौसाला दिदै आउँदा दिनमा बिश्वबिद्धालयमा यस्ता कार्यतर्फ सधैंभरि लागिपर्ने कुराहरु पनि उहाँहरुले बताउनु भयो।
भर्चुअल मिटिङ गरेर तिनै क्याम्पसका बिद्यार्थीलाई पनि केही समय अगाडि हल्ट प्राइज एट ए.एफ.यु – सि.एन.आर.एम टीकापुरले कार्यक्रम र प्रक्रियाका बारेमा जानकारी दिइएको थियो। जसमा विश्वबिद्यालमा अध्ययनरत पुर्ब देखि पश्चिमका
विद्यार्थी उपस्थित भएका जानकारी मिलेको छ।
बोल्ने क्रममा जोड दिदै भरत साउद भन्नुहुन्छ ” जस्तो परिस्थिति आए पनि हामि यो “अन क्याम्पस कार्यक्रम” सफल पारेर छाड्ने छौ । विश्वव्यापी कोभिड १९ महामारीले विश्वलाई आतङ्कित बनाएको अवस्था भए पनि यो असहज परिस्थितिलाइ अवसरको रूपमा लिई क्याम्पस निर्देशकले अधिकतम विध्यार्थीलाई सहभागी हुन प्रोत्साहित गर्ने रचनात्मक विचारहरू निर्माणमा केन्द्रित गर्ने उदेश्य राखेका छन्। यो विषम परिस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रम सफल पार्ने जानकारी दिए।
किन भाग लिने?
“अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्। रिजनलका बिजेता accelerator मा पर्तिस्पर्धा गर्ने मौका पाउने छ्न् र accelerator का बिजेताले global finals मा प्रतिस्पर्धा गर्न UN headquarter मा गएर आफ्नो business idea प्रस्तुत गर्ने मौका को साथ साथै प्रतिस्पर्धा जितेर आफ्नो उद्धम सन्चालन गर्न १ मिलियन अमेरिकि डलर प्राप्त गर्ने मौका पाउने छन्।
भोकालाई खुवाउने, रोजगारको सृजना गरी अर्थतन्त्र लाइ उत्प्रेरित गर्दै व्यावहारिक खाद्य उद्यम सञ्चालन गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उदेश्य राखेको हल्ट चुनौती “फुड फर गुड (food for good)” मा सहभागी भई आफ्नो समाज , राष्ट्रिय र विश्वव्यापी रुपमा बढ्दै गरेको खाध्य सङ्कटलाई अवसरको रूपमा परिवर्तन गर्न यस बर्षका हल्ट प्राइज प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरका क्याम्पस डाइरेक्टर भरत साउदको अनुरोध छ।