सडक सञ्जाल व्यवस्थित गर्न जरुरी छ, व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छः मन्त्री भट्ट

लेखराज भट्ट
प्रकाशित : :

कैलाली : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित  औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन् ।

कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए । उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

“लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने  छ । यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन, “मन्त्री भट्टले भने, “सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ । सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ ।”

कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन  गर्न आग्रह गरेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट