प्रतिबन्धलाई चिर्दै विप्लव नेकपा कैलालीले यसरी मनायो ७ औं पार्टी पुनर्गठन दिवस

विप्लव नेकपाले कैलालीमा मनायो ७ औं पार्टी पुनर्गठन दिवस
प्रकाशित : :

धनगढीः सरकारद्धारा प्रतिबन्धित विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी कैलालीले सातौं पार्टी पुनर्गठन दिवस सप्पन्न गरेको छ ।

‘एकीकृत जनक्रान्ति को झन्डा लाई उच्च पारौं, ७ औं पार्टी पुनर्गठन दिवस भब्यरूपमा सफल पारौं’ भन्ने मुल नाराका साथ कैलालीको कैलारी गाउँपालिकामा दिवस सप्पन्न गरेको हो ।

कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी करन थिए भने प्रमुख अतिथि थारुवान स्वायत्त जनसरकार प्रमुख महान थिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य बबरजंग सिङ ले गर्नुका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल महिला संघ क्रान्तिकारी कि जिल्ला अध्यक्ष सुनिता गरेकी हुन् । कार्यक्रममा पार्टीका, जनबर्गिय संगठन, पत्रकार र आमजनसमुदायको उपस्थिति रहेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट