धनगढीः कैलालीको चुरे गाउँपालिका वडा.नं.२ मा खैराला युवा क्लब गठन गरीएको छ ।
सरकारको नीति निर्देशनको अधिनमा रही पूर्ण मुनाफारहित र जनहितकारी सामाजिक संस्थाका रुपमा खैराला युवा क्लब यही मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत दर्ता गरीएको क्लबका अध्यक्ष सुरेन्द्र साउँदले जानकारी दिए ।
साउँदका अनुसार क्लब पूर्ण मुनाफारहित र जनहितकारी सामाजिक कार्य गर्ने, स्वास्थ्य, शिक्षा, पर्यटन र खेलकुदको विकास, युवा आत्मनिर्भता, आत्मविश्वास र स्वोरोजगार सृजना गराउने मार्यक्रम सञ्चालन, गाउँपालिका र वडाहरुमा भएका विकृति विसंगति हटाउन रचनात्मक भुमिका खेल्ने तथा समाजमा लुकेका प्रतिभाको खोजी गर्ने उद्धेश्यका साथ गठन संगै दर्ता गरीएको बताए ।
११ सदस्यि समिति रहेको क्लबको अध्यक्ष सचेत युवा सुरेन्द्र साउँद रहेका छन् भने क्रमसः उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सह-सचिव तथा सदस्यहरु, रमेश बहादुर भुल, विमला वि.क., टोपेन्द्र सम्मैमगर, खेम बहादुर बोहरा, तिलख ब. साउँद, भावना विक, देव ब. सार्कि, चन्द्रा कठायत, धन ब. लामा र महेश ब. भुल रहेका छन् ।