एकैदिन बैतडीका ७ ओटा स्थानीय तहमा अस्पताल शिलान्यास

बैतडीका ७ स्थानीय तहमा अस्पताल शिलान्यास
प्रकाशित : :

बैतडीः बैतडीका ७ ओटा स्थानीय तहमा अस्पतालहरु शिलान्यास गरिएका छन् ।

संघीय सरकारले अस्पताल स्थापनाका लागि स्थानीय तहमा रकम पठाएपछि देशभर आज ३९६ ठाउँमा अस्पताल शिलान्यास गरिएका हुन् । बैतडीका ७ ओटा स्थानीय तहमा १५ र १० शैय्याका अस्पताल शिलान्यास गरिएका स्वास्थ्य कार्यालयका बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैतडीको पाटनमा र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैय्याको अस्पातल स्थापना गरिएको छ । यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १० शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।

संघीय सरकारले १५ शैय्याको अस्पातलका लागि १ करोड र १० शैय्याको अस्पातलको लागि ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । पालिकास्तरमा अस्पातल भवन बन्ने भएपछि स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा निर्माण शुरु भएका अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । पाटनमा १५ शैय्याको अस्पातलको शिलान्यास गर्दै उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रात्याभूतका लागि स्थानीय सरकारको तर्फबाट भरसक पहल भईरहेको बताउनुभयो ।

पालिकास्तरमा स्थापना भएका अस्पातलले स्वास्थ्य सेवा सुदृढिकरणमा सहयोग पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । दुर्गम क्षेत्रमा समेत अस्पताल शिलान्यास भएपछि नागरिक खुसी भएका पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिनुभयो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट