घरबार विहीन परिवार को पिडाः भन्छन्, ‘बस्नलाई घर आच्छिन, खाऊँ भने गाँस आच्छिन’

घरबनाउनका लागि आर्थिक सहयोगको अपिल
तस्विर/भिडियोः अभिशेख नाथ
प्रकाशित : :
धनगढीः घरबार विहीन बेसहारा अवस्थामा जीवनयापन गर्न बाध्य बाजुराको बुढिगंगा नगरपालिका देउमाण्डु  लुहार बाडा कि दिपा लुहारको घर निर्माणका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
कलिलै उमेरमा एकल महिला जस्तो पिडा भोगेकी लुहारका  ६ छोरा-छोरी र एक सासू छन् । उनी संग नत बस्नलाई आफ्नो घर छ, नत घर बनाउन आफ्नो जग्गा नै छ । लुहारका श्रीमान् को निधन पछि उनी र उनको घर जग्गा विहीन परिवार आफन्तको घरमा आश्रय लिएर बस्दै आएका छन् ।
अहिले सोही घरबार विहीन परिवार को एउटा आफ्नो टाउको छोप्ने सम्म भए पनि घर होस भनेर सामाजिक कार्यमा सरिक मनकारी युवा अभिशेख नाथ (लोक) ले घरबार विहीन परिवार को साहारा बन्दै घर निर्माणका लागि आर्थिक सहयोग को अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकको सदुपयोग गर्दै निस्स्वार्थ भावनाले सहयोग गर्न चाहने हरू ले ९८६९३१४५५३ र ९८१३२५५६२० मा सम्पर्क गरी सहयोगका लागि अपिल गरेका छन् ।
https://www.youtube.com/watch?v=kvd5Y7d7e88

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट