सुदूरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण
प्रकाशित : :

धनगढीः कैलालीका ३४ सहित सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ११० नमुनाको स्वाब परीक्षण गर्दा थप ४२ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का दश जना, वडा नम्बर ४ र ५ का तिन तिन  जना, यस्तै वडा नम्बर २ र १२ का दुई दुई जना, त्यस्तै वडा नम्बर ८, १५, १६ र वडा नखुलेका एक एक जनामा संक्रमण देखिएको  श्रेष्ठले बताए।

कैलालीकै गोदावरी नगरपालिकाका आठ जना, गोरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक एक जनामा समेत कोराना पुष्टि भएको छ।
उता  कञ्चनपुरको भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र पुनर्वास नगरपालिकाका दुई दुई जना, बेलौरी नगरपालिकाका एक जना र बाजुराको बुढीगंगा नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट