सरकारले ल्यायाे नागरिक एप

नागरिक एप
प्रकाशित : :

सरकारले सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप प्रयोगमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी नागरिक एप सार्वजनिक गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रूपमा ल्याइएको बताउनुभयो । नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने छ ।

यसैगरी नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरू प्राप्त गर्नुका साथै नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । तीन वर्षपछि यसले पूर्णता पाएको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट