भुमिगत लक्ष्मण थारुको जंगलबाटै चेतावनीः भन्छन्, ‘अब न्यायका लागि निर्णायक बिद्रोह हुन्छ !’

लक्ष्मण थारु
प्रकाशित : :

धनगढीः टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन् ।

उच्च अदालतको फैसलापछि फरार रहेका थारुले पत्रकार सम्मेलनमार्फत विद्रोहमा जाने तयारी भएको बताएका हुन् । उनले भने, ‘हामी विभिन्न पक्षहरुसंग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारी गर्दैछौ ।’ उनले कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालमा जाने र सडकमार्फत पनि विद्रोह गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखर उच्च अदालत पठाईएको बताउँदै भने, ‘न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्छ । अहिले संसद विघटन गरेर ओलीले बेईमानी गरेको आरोप थारुको थियो ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट