गोदावरी: सामाजिक विकास मन्त्रालयले सोमबार गोदावरी नगरपालिकामा सम्पन्न गरिने विकास निर्माणका योजनाहरूको शिलान्यास गरेको छ ।
सामाजिक विकास मन्त्रालयका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले गोदावरी नगरपालिका वडा नं. ४ बास्कोटामा मा ५० लाखको लागतमा निर्माण गरिन वृहत् सहरी स्वास्थ्य केन्द्र, गोदावरी नगरपालिका वडा नं. ४ को सरस्वती आधारभूत विद्यालय मा ३८ लाखको लागतमा निर्माण हुने ४ कोठे पक्की भवन र गोदावरी नगरपालिका वडा नं. ७ को चण्डेश्वरी आधारभूत विद्यालयमा १८ लाखको लागतमा निर्माण गरिने २ कोठे भवनको शिलान्यास गर्नु भएको हो ।
शिलान्यास कार्यक्रम बोल्दै मन्त्री सुवेदीले संविधान सभा बाट निर्माण भएको संविधान प्रतिनिधि सभा विघटन भएर संविधानलाई निष्क्रिय पार्न खोजिएको बताए । मैले आफैले मत हालेर पठाएका मेरै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत ससंद विघटन गरेकोले यसको विरोध गरी रहेको छु उनले भने ।
गल्तीलाई गल्ती भन्न सक्ने आठ सबैमा हुनु पर्ने कुरामा उनले विशेष जोड दिए । प्रतिनिधि सभा विघटन भयो भने दलित,आदिवासी,महिला सबैको अधिकार गुम्ने खतरा भएकोले संविधान विपरीत गरिएको ससंद विघटनको विपक्षमा उभिन उनले सवैका आह्वान समेत गरे ।
सोही कार्यक्रममा आफ्ना कुराहरू राख्दै गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडाएतले टोलमा आवश्यक पर्ने विकास निर्माणका कामहरू सघिंय,प्रदेश र स्थानीय सरकारले गरी रहेको दाबी गरिन् । उनले गोदावरी नगरपालिका वडा नं. ७ को चण्डेश्वरी आधारभूत विद्यालयमा निर्माण गरिने २ कोठे भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनले देश सकंटमा परेको बताइन् ।
यस्तै गोदावरी नगरपालिका वडा नं. ७ को गौडीमा पार्टी परिवेश कार्यक्रम सोमबार सम्पन्न भएको छ । सोही कार्यक्रममा नेपाली काग्रेंसका क्रियाशील सदस्य लगायत कञ्चन हरियाली समूहका सबै पदाधिकारी गरी करिब ८० जना नेकपामा प्रवेश गरेको अनेरास्ववियूका केन्द्रीय सदस्य भीष्म राज सुवेदीले बताए । पार्टी परिबेसको कार्यक्रमको सञ्चालन स्थानीय समाजसेवी अमर राज पाठकले गर्नु भएको थियो ।कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सामाजिक विकास मन्त्रालयको चालू आर्थिक वर्षको को कार्यक्रम अन्तर्गत वाडा नम्बर ४ र ७ मा भवन शिलान्यास गरिएको हो ।