धनगढीका सञ्जय राना हातहतियार खरखजना मुद्धामा दोषी ठहर

धनगढीका सञ्जय राना हातहतियार खरखजना मुद्धामा दोषी ठहर
प्रकाशित : :

धनगढी । २०७६ भदौमा पक्राउ परेका धनगढीका सञ्जय राना हातहतियार खरखजाना मुद्धामा दोषी ठहर भएका छन् । रानालाई जिल्ला अदालत कैलालीले उक्त मुद्धामा दोषी ठहर गरेको हो । कैलाली जिल्ला अदालतका न्यायाधिस खेमराज भट्टको ईजलासले उनलाई दोषी ठहर गर्दै १ बर्ष ६ महिना कैद सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको हो ।

अदालतका श्रेस्तेदार राईभान कुन्जेडाका अनुसार रानालाई ठगी र कागजात किर्ते मुद्धामा भने सफाई दिईएको छ । २०७६ को भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको चटकपुरबाट चार थान पेस्तोलसहित राना र अन्य दुई जनालाई पक्राउ गरेको थियो ।

धनगढी ६ का सञ्जय राना सोही ठाउँका कमल बिक र ३ का रुद्रप्रसाद अधिकारीलाई पनि पक्राउ गरिएको थियो । बिकले सफाई पाएका छन् भने अधिकारी ठगी र किर्तेमा दोषी ठहर भएका छन् । प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, सुन, तमसुक, राष्ट्र बैंकका नक्कली कागजात, विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक र विभिन्न कार्यालयका छाप पनि बरामद गरिएको थियो ।

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको थियो । उनको साथबाट दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट