पूर्वराजा शाहले दिए के टू हिमाल आरोहीलाई बधाई

पूर्वराजा शाह
प्रकाशित : :

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गर्ने टोलीलाई बधाई दिएका छन् । पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै आरोही टोलीलाई बधाई दिएका हुन् ।

नेपाल अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्ः ‘गत वर्ष मात्रै सगरमाथासहित आठ हजार मिटर अग्ला विश्वका चौधवटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा  सहितको टोलीले हालसम्म कोही नपुगेको विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गरेका छन् । सर्वाधिक चिसो मौसममा पनि साहासका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु ।’

शाहले त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रष्ठिामा बृद्धि भएको सुखद अनुभूति आफुले गरेको बताएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट