धनगढीः बैतडीकी मा किशोरी हत्याका दोषीलाई कारबाहीको माग गर्दै धनगढीमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
बिहीबार दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरूले धनगढी बजार का साथै कैलाली बहुमुखी क्याम्पस देखी मुख्यमन्त्री कार्यालय अगाडी सम्म ‘वी वान्ट जस्टिस’, लगायतका विभिन्न नारा सहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारबाहीको माग गरेका छन्। बुधवार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







You must be logged in to post a comment.