याद छ तिमिलाइ त्यो पोहोरको साल राती अबेर भैइसकेको थियो, ११ बजेको थियो।
आँखा पनि सकि नसकी हेर्दै भनेको थिए। म सुत्छु ल? तिमी नि सुत बिहान कलेज जानू पर्ने होला।
ल ल सुत कत्तिन अहिलै सुत्न पर्ने उसलाई!
रिसाउदै जवाफ फर्काएकी थियौ।
कति चाडै रिस उठ्छ है तिमिलाइ! तर धेरै बेर रिसाएर बस्न पनि सक्दैनथ्यौ।
अनि नसुत्नु म घडी हेर त ११ बजिसक्यो।।
भोलि के हो पनि याद छैन होला है तिमिलाइ त ? हुन त के थाहा हुन्छ र तिमिलाइ।
रुन्छे स्वरमा भनेकी थियौ।
उफ थाहा छ के थाहा छ। अहिले सुत भोलि उठेर Wish गर्छु। अरु को नै छ र मेरो तिमी बाहेक।
अरु थाहा छैन खुरुक्क wish गरेर सुत्ने। अब त धम्की दिए झै गरि भनेकी थियौ।
तिम्रो जिद्दीपना अनि घुर्किलाइ बिलकुल नकार्न सक्ने हिम्मत जो थिएन ममा।
ल कान्छो ल दिल खुस अब? खिस्स हास्दै भनेको थिए।
याद छ तिमिलाइ ?
ठ्याक्कै १२ बज्नु भन्दा केही समय अघि पहिलो भेटका कुरा, बेलाबेलामा हुने झगडाका कुरा, message का कुरा मिलाएर फेरि propose गरेको थिए।
याद छ तिमिलाई ?
खुसी भएर तिमिले आफ्नो आखामा आशुपनी सम्हाल्न सकेकी थिइनौ।
रुदै भनेकी थियौ…
तिमी जस्तो लेख्न त आउदैन तर तिमी जत्तिको माया गर्ने फेरि पाउला नपाउला यार।
तिम्रो यहि बानी त मन पर्थ्यौ मलाई।
आज पनि जब कोहि मसङ्ग आफै रिसाएर आफै रोइदिन्छन
छिनमै मलाई तिम्रो यादले बहुत सताउछ यार।
प्रेम दिवस बर्सै साल आउँछ।
अनि ती हरेक दिनहरुले तिम्रो यादहरु घिसारेर ल्याइदिन्छ।
आज पनि केही खास दिन अघि मेरो घडिमा ११ बज्छ अनि तिम्रो message फेरि त्यस्तै गरि घुर्काउदै, रिसाउदै आउँछ कि भनेर यो मनले पर्खिरहन्छ यार।
तर थाहा थियो न त तिमी मेरो जिन्दगीमा फेरि आउछौ
अनि न त तिम्रा त्यस्ता मेसेजहरु।
नपत्याउने कुराको कति आश राख्छ है मान्छे ?
अनि सुन त तिमिलाइ बिर्सन प्रयास नगरेको पनि त कहाँ हो र लाटी
बस यो प्रेम यस्तै हुदो रहेछ।
अझ पहिलो प्रेम तिमी त मेरो
पहिलो प्रेम भुलाउन बहुत गार्हो हुदो रैछ यार।
यस्तै गरि आज फेरि तिम्रो यादले झस्काइरहेको छ।