धनगढी: प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ ।
तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।
त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । भने पछिल्लो समय सो दिवसको प्रभाव नेपालमा पनि देखिन्छ ।
सोही प्रणय दिवस अर्थात् प्रेम दिवसको अवसरमा रक स्टार मिडिया प्रा.लि.ले धनगढीमा मेरो भ्यालेन्टाइन सिजन-२ को आयोजना गर्न भएको छ । बुधवार रक स्टार मिडिया प्रालिले पत्रकार सम्मेलन गर्दै भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ मा यो दिवस आगन्तुक भए तापनि केही फरक र नेपाली पन झल्किने गरी मेरो भ्यालेन्टाइन सिजन-२ आयोजना गर्ने जनाएको छ ।
धनगढीमा सन २०१८ मा सुरु गरेको मेरो भ्यालेन्टाइन गत वर्ष विविध कारणले रोकिएको कार्यक्रम यो वर्ष मेरो भ्यालेन्टाइन सिजन-२ आफ्नो घर टेम्पल रिसोर्टमा हुने कार्यक्रममा सय बढी जोडीलाई सहभागी गराउने व्यवस्थापन र उद्देश्यका साथ मेरो भ्यालेन्टाइन सिजन-२ को आयोजना गर्न लागेको रक स्टार मिडिया प्रा.ली.का अध्यक्ष जितेन्द्र रावल ले जानकारी दिनुभयो ।
उहाँले पारिवारिक वातावरण जस्तै रमाउन सक्ने गरी कार्यक्रमको आयोजन गर्न लागेको जानकारी दिँदै कार्यक्रममा सहभागिता को लागि दुई प्रकारको टिकटको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘एक जोडि को नेपाली रुपैयाँ २५ सय र परिवार सहित उपस्थित अर्थात सहभागी हुन चाहने हरूको लागी ३५ सय रुपैयाँ तोकेका छौँ । भने उक्त टिकट भित्र डिनर, स्नेक तथा पेय पदार्थको समेत व्यवस्था गरेका छौँ । उहाँले भन्नुभयो ।”
साथै, भ्यालेन्टाइन सिजन-२ मा जोडीहरूको डान्स, जोडिहरूँ बिच गेम, बच्चाका लागि म्युजिक चेयर गेम र सेल्फी जोन रहने छ, टिकट खरिदमा खाना, स्नेक सहित २५ हजारको एम १५ जिवनी मोबाइलको लक्की ड्र पनि रहेको अध्यक्ष रावलले जानकारी दिए ।
कार्यक्रमको मुख्य प्रायोजन जगदम्बा अल्कोहल वेभ प्रालिको ब्यारोन सेलेक्ट एसट्रा प्रिमियम हुस्की र सह-प्रायोजकमा महामाया रहेको छ। लक्की ड्र मोबाइलको प्रायोजन जीवनी कम्पनीले गरेको छ । भने कार्यक्रमको स्थल पार्टनर आफ्नो घर टेम्पल रिसोर्ट रहेको छ ।