डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिले बेरोजगार युवाहरूलाई सीप सिकाउन काठमाडौँ पठाएको छ । नगरपालिकाले बुधवार (आज) नगरका १० जना बेरोजगार युवाहरूलाई विभिन्न सीप सिकाएर दक्ष बनाउन काठमाडौँ पठाएको हो।
उनीहरूलाई ड्राइभिङ, मोटर साइकल मर्मत, मोबाइल मर्मत, इलेकट्रोनिक्स लगायतका सीप सिकाउन पहिलो चरणमा १० जना काठमाडौँ पठाइएको र फेरि लगतै अर्को टिम पठाइने नगरपालिकाकी उप-प्रमुख संगिता भण्डारीले जानकारी दिनुभयो ।
नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा र उप प्रमुख संगिता भण्डारीले टीका र खादा पहिराएर सफलताको शुभकामना सहित बिदाइ गरेका छन् ।







You must be logged in to post a comment.