सरकाले सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री ‘फिल्टर’ गरेर हटाउन सक्ने प्रविधि खरिद गर्दै

नेपाल दुरसञ्चार प्राधिकरण
प्रकाशित : :

काठमाडौं: सरकारले सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री फिल्टर गर्ने प्रविधि खरिदको प्रक्रिया अगाडि बढाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल र डिजिटल मिडियाका सामग्री  ‘ब्लक’ (प्रतिबन्ध) तथा ‘फिल्टर’ गर्ने नयाँ प्रविधि खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा आएको कन्टेन्ट ‘ब्लक’ (प्रतिबन्ध) तथा ‘फिल्टर’ गर्ने नयाँ प्रविधि खरिद प्रक्रिया अघि बढाइएको बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भएसँगै यो प्रक्रिया अगाडि बढेको उनको भनाइ छ। अर्यालका अुनसार प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब रुपैयाँ खर्च गर्ने गरी यो प्रक्रिया अगाडि बढाएको छ।

गत आर्थिक वर्ष २०७६/७७ मा नै प्राधिकरणले उक्त प्रविधि खरिदको लागि प्रक्रिया अगाडि बढाएको थियो। प्राधिकरणले गत असारमा नै बोर्डबाट सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा आएको कन्टेन्ट  ‘ब्लक’ (प्रतिबन्ध) तथा ‘फिल्टर’ गर्ने नयाँ प्रविधि खरिद गर्ने निर्णय गराएको थियो।

बोर्डले निर्णय गर्दै स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले पनि बोर्डको निर्णयलाई स्वीकृत गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति दिएको थियो।

मन्त्रालयको स्वीकृतिपछि प्राधिकरणले अहिले प्रविधि खरिदको लागत तथा टेन्डरका लागि आवश्यक कागजपत्र तयार पार्ने काम सुरु गरेको अर्यालले जानकारी दिए। ‘प्रविधि खरिदको स्पेसिफेकेसन तयार गरिरहेका छौं,’ उनले भने, ‘सबै काम सकेपछि प्रविधि खरिदका लागि टेन्डर हुनेछ।’ अर्यालले यो विषयमा आफूहरुले संविधान र कानूनले दिएको अधिकार प्रयोग गरी काम अगाडि बढाउने प्रतिक्रिया दिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट