कैलाली: कैलालीको गोदावरी नगरपालिका ३ मालाखेति बस्दै आएका जेप जोशीका परिवारलाई नगद आर्थिक सहयोग गरिएको छ ।
बाजुराका पत्रकार प्रकाश सिंहले जेप जोशीका नाममा स्थापना भएको जेप जोशी स्मृति पत्रकारिता पुरस्कार सोही परिवारलाई दिएको र उनको परिवार बिच्चलीमा रहेको समाचार सञ्चार माध्यममा प्रकाशित पछि उनलाई सहयोग जुटेको हो ।
समाचार प्रकाशित पछि अस्ट्रेलिया बस्दै आएका विक्रम सुवेदीले १ लाख सहयोग गरेका छन् । नवलपरासीको गैँडाकोट नगरपालिका १० घर भएका सुबेदीले जेप जोशीको परिवार बिच्चलीमा र छोरीको विद्यालय शुल्क तिर्न नसकेको समाचार प्रकाशित पछि सहयोग गरेको बताएका छन् ।
सहयोग रकम दि हिमालयन टाइम्सका संवाददाता प्रकाश सिंहलाई पठाएका थिए । उक्त रकम सुदूरपश्चिम पत्रकार महासङ्घ प्रदेश अध्यक्ष अर्जुन शाह र पत्रकार महासङ्घ पुर्व केन्द्रीय सदस्य कर्ण शाह मार्फत घरमै पुगेर हस्तान्तरण गरेका छन् । सम्वाददाता सिंहले जेप जोशी स्मृति पत्रकारिता पुरस्कार बाट पाएको १२ हजार जोशीको परिवार यो भन्दा पहिला नै सहयोग गरेका थिए । सहयोग प्राप्त पछि जेशी जोशीकी श्रीमती बसन्ती जोशीले सहयोग रकम छोरीको विद्यालयको शुल्क तिर्ने बताएकी छन् । फुलाइ ठुलो सहयोग भएको छ, सहयोग गर्नेलाई धन्यवाद दिएकी छन् । २०६५ सालमा हत्या भएका पत्रकार जेप जोशीका परिवार बिच्चलीमा परेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेप जोशीका ३ जना परिवार आर्थिक सङ्कटमा परेको समाचार प्रकाशित भएको थियो । पत्रकार जोशीका श्रीमती बसन्ती जोशी, १७ वर्षीय छोरी पूजा जोशी र १३ वर्षीय गीता जोशी रहेका छन् ।
पुजा कक्षा १० मा र गीता कक्षा ६ मा अत्तरियामा रहेको एभरेस्ट बोडिङ्ग स्कुलमा अध्ययन गर्ने गरेका छन् । पूजा र गीताको विद्यालयको डेढ वर्ष देखिको ९५ हजार शुल्क तिर्न नसक्दा बाँकी रहेको थिया्े । कक्षा १० मा पढने पूजा जोशीको शुल्क तिन नसक्दा फारम समेत भर्न रोकेको थियो, धेरै हारगुहार गरेर फारम बुझेको रुदै बसन्तीले बताइन् ।
जेप जोशी २०६५ असोज २२ गते घर बाट काठमाडौँ जाने भएर गएका थिए । २२ गते देखी सम्पर्कमा नआएका जोशी सोही वर्ष मंसिर १३ गते मालाखेती जङ्गलमा उनको मृतक लास भेटिएको थियो ।बसन्तीको आधा कट्टामा चुहिने घर पुरानो घर छ । पूजाले भनिन्, विद्यालयमा शुल्क तिर्न भनेर पटक पटक भन्छन्, आफूलाई पनि मानसिक चिन्ता हुने गरेको बताइन्, कुनै दिन त पढाइ छोडौँ भन्ने लागेको थियो, अहिले शुल्क तिर्न सहयोग पाए सी ठुलो राहत भएको उनले बताइन् ।