कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैयास्थित एक स्थानीय किसानको केरा बारीमा बाघ देखिएको छ। अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ पसेको छ।
किसान टीकाराम चौधरीले घर सँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिन थालेको जानकारी दिए। घरबाहिर निस्कन पनि त्रास फैलिएको बताउँदै उनले केही दिन यता अन्डैया क्षेत्रमा दिनहुँ देखिदै आएको बताए।