बाँचुञ्जेल राम्राे काम गर्ने हाे, मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमानदार : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली
प्रकाशित : :

काठमाण्डाै: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनी टिप्पणी गर्नुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालजस्ता मान्छेहरूलाई सानो–सानो विषयले ठूलै असर गर्ने भएकाले हिजो चितवनमा ‘मुह मिठा’ गर्नुभएको भनी प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभएको छ ।

सर्वोच्चको फैसलापछि बुधवार दिउँसो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रूपमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाइहरूले लड्डु खुवाइ–खुवाइ गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौँ भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन्, अब हेर्नुछ ।’

प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरूले भोलि–पर्सिदेखि राजीनामा माग्नेसमेत बताउनुभयो । तर आफूलाई त्यतातर्फ कुनै चिन्ता नभएको ओलीकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मेरो विचारमा भोलि–पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देऊ, राजीनामा देऊ भनेर । यतापट्टि चिन्ता गर्नुपर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ, जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमानदार हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दाबीसमेत गर्नुभयो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट