मानवताको बलियो उदाहरण बने मोहन र मन्सारा, पीडित अनितालाई गरे १ लाख ८० हजार आर्थिक सहयोग

पीडित अनितालाई गरे १ लाख ८० हजार आर्थिक सहयोग
प्रकाशित : :

धनगढी: गुल्मीको धुर्कोट पिपलधारकी अनिता खड्कालाई आर्थिक सहयोग जुटेको छ । मस्तिष्क रक्तश्राप बाट पिडित खड्कालाई अमेरिकामा बस्दै आएका मोहन खड्का र मन्सारा शाहीको पहलमा एक लाख ८० हजार आर्थिक सहयोग गरिएको हो ।

बिगत लामो समयदेखि सो रोगबाट गर्सित खड्कालाई धनगढीका सामाजिक अभियान्ता मोहन खड्काले अनिताका श्रीमान बिनोद खड्कालाई आज धनगढीमा एक कार्यक्रका बिच हस्तान्तरण गरेका हुन् । डाक्टरले अनिताको उपचारमा ठुलो रकम आवश्यक पर्ने भनेपछि उनका श्रीमान बिनोदले सबैसंग सहयोगका लागी अपिल गरेका थिए ।

काठमाडौँको नेचुरोपेथी अस्पतामा अहिले अनिताको उपचार भईरेईरहेको छ । खड्काले भने, “अचानक एक वर्ष अघिको जेठ २९ गते उनले टाउको दुख्यो भनेपछि विनोदले अस्पताल लिएर गए । डाक्टरले अनितालाई ब्रेन ह्याम्रेज भएको बतायो ।” परिवारले आश पनि छोडेका थिए । अनिताको बैतर्नी पनि गरेको र गाइदान समेत गरेको बताए ।

तर अहिले अनिताको स्वास्थ्यमा पहिलेको भन्दा केहि सुधार आएको जनाएको छ । बिनोदले सहयोग गर्ने सम्पुणलाई धन्याबाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग अपेक्षा गरेको बताए ।

उनको घाँटीको शल्यकृया  गर्नुपर्ने चिकित्सकले बताएका छन् । उनको  उपचारका लागी केहि सहज होस भन्ने उदेश्यले खड्कालाई बचाउन आफुहरु पनि लागिपरेको धनगढीका सामाजिक अभियान्ता  मोहन खड्काले बताए ।

 सहयोगी दाताहरु :-

No description available.

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट