कैलाली: कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको सरुवा भएको छ ।
शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको गृह मन्त्रालयमा सरुवा भएको छ । अब उनको ठाँउमा खगेन्द्र प्रसाद रिजाल आउने भएका छन् ।