धनगढी: सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको स्वरमा सजिएको विष्णु ऐडीको यथार्थ घटनामा आधारित ‘आइजा पुल्ती भेष’ देउडा ठाडी भाका गीत सार्वजनिक गरिएको छ ।
धनगढीको इमेज होटमा एक कार्यक्रमका साथ सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले गीतको भिडियो लाई क्लिक गरेर सार्वजनिक गरेका हुन् । २०७६ साल चैत्र ६ गतेका दिन धनगढी बाट जन्मथलो घर बझाङ जाने क्रममा घर नजिकै बासी खोला गडा भन्ने स्थानमा सवारी दुघटनामा परेर निधन भएकी विष्णु ऐडीकी जीवन संगीनी उज्जला कुमारी ऐडीको सम्झनामा यो देउडा ढाडीभाका तयार पारेको निर्माता तथा परिकल्पनाकार विष्णु ऐडीले बताए । निर्माता तथा परिकल्पनाकार ऐडीका अनुसार छोरा सानो भएको र आमालाई दिन प्रतिदिन बिर्सँदै जानु, भोलिका दिनमा भावी सन्ततिलाई जीवन कहानी हस्तान्तरण गरेका थिए ।
यस्ता दिनमा हजारौँ घटनाहरू हुन्छन् बिर्सने ठाउँ हुँदैनन् आफ्नो पिडा पोख्ने ठाउँ नभएर गीत मार्फत पोखेको उनको भनाई छ । ‘आइजा पुल्ती भेष’ देउडा ठाडी भाका गीत सार्वजनिक कार्यक्रममा देउडा गायक नरेन्द्र राज रेग्मी , लाल बहादुर थापा ,ध्वज महरा , संगीता शाहा ,पवित्रा भण्डारी, माया पाण्डे , भीम बिस्ट (अछामी रेखा) लगायतको सहभागिता रहेको थियो । उत्पादक ÷ वितरक खप्तड डिजिटल म्युजिक सेन्टर बाट बजारमा ल्याइएको गीतमा स्वरका धनी देउडा गायक प्रकाश थापाको रहेको छ भने लय राजेन्द्र शाहा बिपी, शब्द भीम थापा ( नायक) ,छायाङ्कन डी.बी. रौले , निर्देशक भीम थापा हुन्। प्राविधिक सहयोगी दीपेश ढकुन्ना , ऐरेन्जर विनोद बाजुरेली (स्टुडियो मालश्री)रहेका छन् भने गीतको छायाङ्कन धनगढी ,गोदावरी , कञ्चनपुर ,बझाङ लगायतका क्षेत्रमा गरिएको छ ।