सद्गुरु : योग परम्परामा शिवलाई एक गुरुको रूपमा पुजिन्छ, भगवान्का रूपमा होइन । हामी जसलाई शिव भनिरहेका छौँ, उनका विभिन्न आयामहरू छन् । तपाईं जो कसैलाई जे-जति गुणहरूले सम्बोधन गर्न सक्नुहुन्छ, ती सबै गुणहरूले शिवलाई सम्बोधन गरिन्छ । जब हामी शिव भन्छौँ, उनी यस्ता थिए वा त्यस्ता थिए भनिरहेका होइनौँ ।
साधारणतया, नैतिकतामा आधारित परम्पराहरूले सदैव दिव्यतालाई राम्रो भनेर बुझ्छन् । तर यदि तपाईंले शिवलाई हेर्नुभयो भने तपाईं कहिल्यै पनि राम्रो वा नराम्रो भनेर तय गर्न सक्नुहुन्न । अस्त्तित्वमा भएको प्रत्येक चीज शिवको अंश हो । परम्परा अनुसार उनलाई यस रूपमा वर्णन गरिएको छ ।
शिवका असङ्ख्य रूपहरू छन् तर मौलिक रूपमा हामी यिनलाई सात श्रेणीहरूमा वर्गीकरण गर्न सक्छौँ । टाढाको देवता जसलाई हामी ईश्वर भन्छौँ; उदार व्यक्तिगत देवता, जसलाई हामी शम्भो भन्छौँ; सोझो तपस्वी जसलाई भो वा भोला रूप भएको सम्बलेश्वर वा भोले भनिन्छ; वेदहरूको ज्ञानी आचार्य जसलाई दक्षिणमूर्ति भनिन्छ; सबै कलाहरूको मूल, जसलाई नटेश वा नटराज भनिन्छ; दुष्टहरूलाई संहार गर्ने उग्र रूपी कालभैरव वा महाकाल; प्रेमीहरूमा सबैभन्दा प्रेमी सोमसुन्दर; जो चन्द्रमा भन्दा बढी सुन्दर छन् । यी सात मूल रूपहरू हुन्, जसबाट लाखौँ रूपहरू पाउन सकिन्छ ।
योग परम्परामा शिवका १००८ नामहरू छन्, जुन सातवटा रूपहरूबाट आएका हुन् । ती १००८ नामहरूमध्ये यी १०८ नामहरू प्रचलित छन् :
आशुतोष- जसले तत्काल सबै इच्छाहरू पूरा गरिदिन्छन्
आदिगुरु- प्रथम गुरु
आदिनाथ- प्रथम देव
आदियोगी- प्रथम योगी
अज- जसको जन्म भएको होइन
अक्षयगुण- जसमा अनन्त गुणहरू छन्
अनघ- दोषरहित
अनन्तदृष्टि- जसको दुरदृष्टिको कुनै अन्त्य छैन
औगढ- जो हर समय मस्तीमा हुन्छन्
अव्ययप्रभु- जसको नाश हुँदैन
भैरव- डरलाई नष्ट गर्ने खालको
भालनेत्र- जसको निधारमा आँखा छ
भोलेनाथ- जो अत्यन्तै सरल छन्
भूतेश्वर- जसले तत्त्वहरूमाथि पूरै महारथ पाएका छन्
भूदेव- पृथ्वीको स्वामी
भूतपाल- देहविहीन जीवहरूका रक्षक
चन्द्रपाल- चन्द्रमाको स्वामी
चन्द्रप्रकाश- जसको शिरमा चन्द्रमा विराजमान् छ
दयालु- दया वा करूणा भएको
देवाधिदेव- देवताहरूका देव
धनदीप- धन सम्पत्तिको देवता
ध्यानदीप- ध्यानको प्रकाश
द्युतिधारा- प्रतिभाको देवता
दिगम्बर- जसले आकाशलाई वस्त्र जसरी धारण गर्छन्
दुर्जनीय- जसलाई जान्न कठीन छ
दुर्जय- जो कहिल्यै कसैसँग हार्दैनन्
गङ्गाधर- जसले गङ्गा नदीलाई धारण गरे
गिरिजापति- गिरिजा (पर्वत पुत्री) को पति
गुणाग्राही- जसले गुणहरूलाई स्वीकार गर्छन्
गुरुदेव- महान् गुरु
हर- जो पापहरू हरण गर्छन्
जगदीश- ब्रम्हाण्डको स्वामी
जराधीशमान- जो वेदनाहरूबाट मुक्ति दिन्छन्
जतिन- जटाधारी
कैलाश- जो शान्ति प्रदान गर्छन्
कैलाशधिपति- कैलाश पर्वतको राजा
कैलाशनाथ- कैलाश पर्वतको स्वामी
कमलाक्षण- कमल जस्तो आँखा भएका देवता
कान्त- सदैव प्रकाशमान्
कपाली- जसले खोपडीहरूको माला लगाउँछन्
कोचादाइयाँ- लामो जटावाला देवता
कुण्डलिन- जो कानमा कुन्डल लगाउँछन्
ललाटक्ष- जसको निधारमा चक्षु छ
लिङ्गध्यक्ष- लिङ्गहरूको देवता
लोकाङ्कार- तीनवटै लोकहरूका रचनाकार
लोकपाल- जो सारा विश्वको हेरचाह गर्छन्
महाबुद्धि- सर्वाधिक बुद्धि भएका
महादेव- देवताहरूमा सबभन्दा महान्
महाकाल- समयको स्वामी
महामाया- मायाको स्वामी
महामृत्युञ्जय- जसले मृत्युमाथि महान् विजय प्राप्त गरे
महानिधि- सारा सम्पत्तिहरूका स्वामी
महाशक्तिमाया- जसका उर्जाहरू असीमित छन्
महायोगी- महानतम योगी
महेश- सर्वोच्च ईश्वर
महेश्वर- देवताहरूका स्वामी
नागभुषण- जसको आभूषण सर्प हो
नटराज- नृत्य कलाको राजा
नीलकण्ठ- जसको कण्ठ नीलो छ
नित्यसुन्दर- सदैव सुन्दर
नृत्यप्रिय- नृत्य प्रेमी- ओम् कार- जो ॐ को रूप हुन्
पालनहार- जो सबको रक्षा गर्छन्
पञ्चटसरण- अत्यन्त शक्तिशाली
परमेश्वर- सबै देवहरूमा प्रथम
परमज्योति- सर्वोत्तम तेज भएका
पशुपति- सम्पूर्ण जीवहरूका स्वामी
पिनाकिन- जसको हातमा धनुष छ
प्रणव- मूल ध्वनि ॐ को जनक
प्रियभक्त- भक्तहरूका प्रिय देव
प्रियदर्शन- जसको दर्शन अत्यन्त प्रिय हुन्छ
पुष्कर- जो पोषण दिन्छन्
पुष्पलोचन- फूलजस्तो आँखा भएका
रविलोचन- सूर्यजस्तो आँखा भएका
रुद्र- जो गर्जिन्छन्
सदाशिव- जो सबैभन्दा पर गइसकेका छन्
सनातन- अनादि, अनन्त ईश्वर
सर्वाचार्य- सर्वोच्च शिक्षक
सर्वशिव- सदैव रहने खालको स्वामी
सर्वत्पन- जसद्वारा सबैथोक आएको हो
सर्वयोनी- सबैथोकको स्रोत
सर्वेश्वर- सबैका स्वामी
शम्भो- जो सबैभन्दा शुभ छन्
शङ्कर- सबै देवताहरूका स्वामी
शान्त- जो सधैँ परम शान्तिमा हुन्छन्
शुलिन- आनन्द दाता
श्रेष्ठ- चन्द्रमाको स्वामी
श्रीकान्त- सदैव शुद्ध
श्रूति प्रकाश- जोसँग त्रिशुल छ
स्कन्दगुरु- जसले वेदहरूलाई प्रकाशित गरे
सोमेश्वर- जसको शरीर शुद्ध छ
सुकद- जो आनन्द दिन्छन्
स्वयम्भू- स्वतः उत्पन्न
तेजस्वनि- जो प्रकाश फैलाउँछन्
त्रिलोचन- तीनवटा लोचन (आँखा) भएका देवता
त्रिलोकपति- तीनवटै लोकहरूका स्वामी
त्रिपुरारी- जसले त्रिपुर (असुराहरूद्वारा निर्मित तीन ग्रह) लाई नष्ट गरे
त्रिशूलिन- जसको हातमा त्रिशूल छ
उमापति- उमा (पार्वती) की पति
वाचस्पति- वाणीको स्वामी
वज्रहस्त- जसको हातमा वज्र छ
वरद- जसले वर दिन्छन्
वेदकर्ता- वेदहरूका जनक
वीरभद्र- पाताल लोकहरूका स्वामी
विशालाक्ष- ठूला आँखा भएका स्वामी
विश्वेश्वर- ब्रम्हाण्डको स्वामी
विश्वनाथ- विश्वको स्वामी
वृषवाहन- जसको वाहन साँढे हो