कञ्चनपुरको महाकाली अस्पतालमा मृत्यु भएकी सुत्केरीको आफन्तले बुझे शव !

कञ्चनपुरको महाकाली अस्पताल
प्रकाशित : :

कञ्चनपुर: कञ्चनपुरको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सुत्केरीको शव आफन्तले बुझेका छन् । प्रसूति व्यथा लागेपछि बुधबार राति १ बजेतिर अस्पताल पुगाइएकी दोधाराचाँदनी नगरपालिका–५ शिवनगरकी २० वर्षीया ज्योति सुनारको बिहीबार मृत्यु भएको थियो ।

शल्यक्रियामार्फत शिशु जन्माएकी सुनारको आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतकका आफन्त र स्थानीय प्रशासन लगायतको छलफलपछि परिवारले शव बुझेको जानकारी दिए । अस्पतालको लापरबाही नदेखिएपछि आफन्तले शव बुझ्न मानेको डीएसपी थापाले बताए ।

यसअघि मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार गरेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट