लोकसेवा आयोगले मागेको छ ४८९ जना कर्मचारी, फारम भर्न तपाई छुट्नुभयो की ?

लोकसेवा आयोग
प्रकाशित : :

लोकसेवा आयोगले मागेको छ ४८९ जना कर्मचारी, कुनकुन पदमा मागेको छ ? निजामति सेवामा तपाई जागिर खान खोज्दै हुनुहुन्छ ? लोक सेवा आयोगले निजामती सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा ४८९ जना कर्मचारी  मागेको छ ।

राष्ट्रिय दैनिकमा सुचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।  एसएलसी पास गरेर अध्ययनलाई विचैमा छाडेकाले समेत मौका पाउनेछन् ।  आयोगले विभिन्न कार्यालयका लागि कर्मचारी माग गरिएको हो ।

न्यूनतम एसएलसी वा सो सरह योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्तको आवेदन दिन सक्नेछन् । दरखास्तको निम्ति लोकसेवा आयोगको वेबसाइटमा गई अनलाइन फर्म भर्नुपर्नेछ । दरखास्त दिने अन्तिम मिति १७ चैतसम्म रहेको छ भने दोब्बर दस्तुर तिरी २४ चैतसम्म दरखास्त दिन सकिनेछ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट