सत्ताबाट हटाएर देखाउन ओलीको चुनौती

केपी शर्मा ओली
प्रकाशित : :

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन् । शनिबार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

सत्ताबाट हटाउन चेतावनी दिँदै ओलीले कसैले हटाउन सके हटाएर देखाउन चुनौती दिएका हुन् । ‘कसैले हटाउन सक्छ भने हटाए हुन्छ । त्यसको सामना गछौँ’, ओलील भने,  ‘अहिले हटाए २० महिनापछि पार्टी दुई तिहाई बहुमतसहित सिंहदरबार छिर्छ ।’ ओलीले आफूबाहेक जनताको काम गर्ने देशमा कोही नभएको दाबीसमेत गरेका छन् ।

सँगै ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठक राखेको भन्दै उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालतर्फ लक्षित गर्दै बैठकमा उपस्थित हुन आह्वान गरेका हुन् ।

‘प्रशस्त समय होस् भनेर चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छु, ओलीले भने, ‘यत्ति विघ्न टेलिभिजनले खिच्या छन् । सुनिन भन्न पाइने छैन ।’ ओलीले बैठकमा उपस्थित नभए विधानको व्यवस्थाअनुसार हुने चेतावनीसमेत दिएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट