काठमाडौं: नेकपा एमालेका नेता महेश बस्नेतले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले निल्ने प्रयास गरेको तर नसकेको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज बस्नेतले नेकपा एमाले निल्न खोज्दा प्रचण्ड दाँत भाँचिएर थोते भएकोसमेत बताए । विभिन्न पार्टी निल्दै आएको इतिहास छ रहेको भन्दै उनले एमाले निल्न खोज्दा प्रचण्ड दाँत भाँचिएर थोते भएका बताए ।
उनले एमाले अबको एक मात्र देशभक्त पार्टी रहेको भन्दै केही खराब मनसाय भएका मान्छेहरू पार्टी छाडेर गएको र सही नेताहरू एमालेमार्फत कम्युनिस्ट आन्दोलनमा एकबद्ध भएको बताए ।