कञ्चनपुरमा भैँसी किनी पैसा नतिरेको विवादमा ज्वाइँको हत्या गर्ने प्रतिवादी ४१ वर्षपछि पक्राउ

कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ
प्रकाशित : :

कञ्चनपुर: कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। दोषी ठहरिएपछि फरार रहेका जिल्लाको साविकको परासन गाविसका वडा नम्बर १ च गाउँका ७६ वर्षीय मलाङ तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई घरमै लुकिछिपी रहेको अवस्थामा कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीले भैंसी किनेको पैसा नतिरेको विषयमा विवाद भई कुटपिट हुँदा ज्वाइँ नाता पर्ने लाम्जा तामाङको हत्या गरेका थिए।

उनी २०३६ साल फागुन ८ गतेदेखि फरार थिए। अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकिको थियो। पक्राउ गरेका उनलाई  पुनस् अदालतले कारागार चलान गरेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट