काठमाडौं । देशभर १ करोड ६२ लाख मतदाता थपिएका छन् । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको हाे ।
निर्वाचन आयोगका अनुसार २०७७ पुष ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।
सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा ६ लाख ६९ हजार ४९०, काठमाडौंमा ६ लाख १३ हजार ४९७ जना र झापामा ६ लाख ९ हजार ३७४ जना रहेका छन् । सबैभन्दा कम मनाङमा ५९७६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।