सामाजिक अभियन्ता: ‘बल्देब सिंह चाड’

आर्थिक रूपमा मात्रै नभएर सामाजिक, भावनात्मक तथा मनोवैज्ञानिक तवरको सहयोग

बल्देब सिंह चाड
प्रकाशित : :
हामीले देख्दै र बुझ्दै आएको समाजसेवा कुनै संगठन, संस्था वा पार्टीमा आबद्ध भएर केही आफ्ना निहित स्वार्थ सिद्धताको लागि गरिएको सहयोग बुझेका छौँ। समाजसेवाको खास अर्थ चाहिँ निस्स्वार्थ ढङ्गले कुनै व्यक्ति, समूह, संस्था, समाज वा समुदायको चुनौती र समस्यालाई समाधान गर्दै त्यसको आवश्यकता पूरा गर्न सहयोग गर्दै जीवनस्तर माथि उकास्न गरिने एक पवित्र कर्म हो। व्यक्तिगत स्वार्थबाट भिन्न, राजनीतिक सङ्क्रमणबाट अलग, कुनै कसैको कुभलो नचिताई, समाजको भलाईको लागि दिनरात नभनी कटिबद्ध भएर लाग्ने थोरै छन्। ती मध्ये एक हुन, बैतडी शिवनाथ गाउँपालिका वडा नं १ निवासी बल्देब सिंह चाड सकारात्मक र सक्रिय सामूहिक सहभागिता बाट व्यक्ति, संस्था, समाज वा समुदायलाई प्रोत्साहन गर्दै समाजलाई माथि उठाउन सकिन्छ भन्ने मान्यता राख्नु हुने चाडले व्यक्ति, समुदाय र पुरै समाजलाई सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक तवरले सहायता गर्दै स्वावलम्बी बन्न प्रेरित गर्नुका साथै वर्तमान सामाजिक समस्याहरूलाई समाधान गर्न आफै अग्रसर भएर समाजलाई पनि सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। आर्थिक रूपमा मात्रै नभएर सामाजिक , भावनात्मक तथा मनोवैज्ञानिक तवरले सहयोग र सहकार्य गर्नुका साथै पुरै समाज र समुदायलाई नै क्रियाशील गराउनलाई उहाँले आफ्नो जीवन यसैमा समर्पित गरेका छन्। परोपकार र समाज सेवाको माध्यमबाट सामाजिक परिवर्तन गराउन सक्ने अद्भुत क्षमताका धनी उहाँसँग व्यक्ति वा समाजको मनोसामाजिक पक्षको पनि राम्रोसँग ज्ञान छ।
सामाजिक अभियन्ता चाड समाजमा विद्यमान विकृति, विसङ्गति र गलत क्रियाकलापहरूका विरुद्ध सशक्त आवाज उठाउँदै आउनु भएको छ। उहाँले समाज सुधारको लागि उठाएका आवाजहरू, समाजको लागि गरेका सकारात्मक कार्यहरू, दीन दुःखहरूलाई आपत् विपथमा गरेका अनगिन्ती आर्थिक सहयोगहरू र समाज रूपान्तरणमा गरिरहनु भएको अतुलनीय योगदान साँच्चिकै यो समाजका लागि मात्रै नभएर पुरै देशको लागि एक गौरवको कुरा हो। समाज र देशको परिवर्तनको सपना देख्ने युवाहरूको लागि उहाँ एक आदर्श र प्रेरणाका स्रोत हुन। मानिसहरू जस्तो सुकै सफल उद्यमी वा आर्थिक स्थिति मजबुत भए पनि व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसकिरहेको बेला उहाँ भने गरिब परिवारमा जन्मेर परिवारको पेट पाल्न र घरको आर्थिक स्तर माथि उठाउन विगत १६ वर्ष देखि वैदेशिक रोजगारीमा रहेता पनि आफ्नो समाज प्रतिको दायित्व र सेवामा अविच्छिन्न लागिरहनु भएको छ। उहाँबाट हामीले स्वार्थभन्दा माथि पनि एक दुनियाँ छ, समाज सेवाको परम आनन्द अरू सफलतामा छैन भन्ने पाठ सिक्न सक्छौँ।
समाजसेवी बलदेव सिंह चाडले ट्याक्टर दुर्घटनामा परेका स्वर्गीय वीरभद्र सिंह चाडको छोरा गणेश चाडको उपचारका लागि आर्थिक सहयोग रु १८,००० भारु, घरको अवस्था नाजुक हुँदा वीरभद्र चाड कै छोरीको विवाह का लागि आर्थिक सहयोग रु ३०,०००, मुटुको समस्या ले पीडित सर्मालीका लोकेन्द्र मडैको उपचार का लागि आर्थिक सहयोग रु ३०,०००, सर्माली का स्वर्गीय प्रहरी जवान शेर सिंह साउद को परिवारलाई आर्थिक सहयोग रु १०,०००, क्यान्सर पीडित स्वर्गीय बलवीर सिंह चाडको उपचारका लागि आर्थिक सहयोग रु २५,०००, मिर्गौला पीडित स्वलपला की स्वर्गीय सुना महताको उपचारका लागि आर्थिक सहयोग रु १५,०००, कुङेफटाका अपाङ्ग वृद्ध राम सिंह साउदलाई आर्थिक सहयोग रु १५,०००, कुॅडमा खराब ब्लड समस्याले पीडित बालक निरज साउद को उपचारका लागि आर्थिक सहयोग रु १६,०००, भारतमा ज्यान गुमाएका स्वर्गीय आनदेव भट्ट को परिवार लाई आर्थिक सहयोग रु १५,०००, आर्थिक अवस्था अत्यन्त नाजुक भएर बच्चाहरूको पालन पोषणमा समस्या भएका कुस्माउतका देवराम सार्कीको परिवारलाई दाजुभाइको तर्फबाट आर्थिक सहयोग रु २०,०००, स्वलपला बगार घाँस काट्न जाँदा सुर्नया नदी मा ज्यान गुमाउनु हुने एक जना महिलाका टुहुरा बाल बालिकाहरूका लागि आर्थिक सहयोग रु १०,०००, कुड कै एक जना टिबी पीडित बिरामीको उपचार का लागि आर्थिक सहयोग रु १०,००० सहयोग गर्नु भएको थियो ।
त्यस्तै मुटु रोगबाट ग्रसित स्वलपला की गीता आउँजीको उपचार सहयोगार्थ रु ५,०००, शिवनाथ-६ बसेडी की सिद्धि धनाडी र कौशिला धनाडीको उपचारका लागि रु २०,०००, बगार नरभक्षी बाघसँगको साहसिक लडाइँमा घाइते भएकाहरूको उपचार सहयोगार्थ रु ५,०००, स्वर्गीय गीता महरको परिवारलाई राहत सहयोग रु ५,०००, स्वर्गीय गंगादत्त कलौनीको परिवारलाई राहत सहयोग रु ५,०००, ट्रक दुर्घटनामा ज्यान गुमाएका पौंखरका स्वर्गीय हिकमत सिंह साउदको परिवारलाई राहत रु ५,००० सहयोग गरेर उहाँले मानवताको उदाहरण दिँदै आउनु भएको छ ।
यसै गरी कुड को नागार्जुन नि मा वि लाई आर्थिक सहयोग रु ४८,०००, कुड कै नागार्जुन मन्दिर लाई आर्थिक सहयोग रु ३२,०००, नागार्जुन उच्च मा वि शर्मालीको प्राविधिक भवन निर्माण अभियानमा आर्थिक सहयोग रु २०,०००, सुदूरपश्चिम समाज दक्षिण कोरिया र ह्युमनिटी फाउन्डेसन धनगढीले डडेलधुरामा पिसिआर मसिन खरिद गर्न चलाएको अभियानमा रु १०,०००, शिवनाथ गाउँ पालिकाको कोरोना विरुद्ध को राहत कोष मार्फत भारतबाट विस्थापित गाउँ पालिकाकै वडा नं १ का विभिन्न विद्यालयहरूमा क्वारेनटाइनमा बसेका १८४ जना मानिसहरूको तीन दिन सम्मको खाना नास्ता लगायतको सम्पूर्ण खर्च बराबरको रकम रु ५५,००० सहयोग र शारदा मा वि मटेलामा दुई कोठे भवन निर्माण का लागि दाजु भाइको तर्फबाट रु ५६,००० आर्थिक सहयोग गरी भवन निर्माण आर्थिक संकलन मा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उहाँले देश विदेशबाट उक्त भवन निर्माणका लागि रकम संकलन का लागि सबै सँग आग्रह गर्दै भारत श्रीलंका र दुबईबाट समेत ठुलो रकम जुटाएका थिए जसमा युएईका नागरिक डा अकिल हादीको रु १,४०,००० समेत उहाँकै पहलमा जुटेको थियो । एक हिसाबले भन्ने हो भने बलदेव सिंह चाड बिना उक्त भवन निर्माण सम्भव नै थिएन। अहिले उक्त भवनको दुइटा कोठामा विद्यालयका दुइटा कक्षा सञ्चालनमा छन् ।
समाजमा विद्यमान गलत क्रियाकलापहरू र भ्रष्टाचार न्यूनीकरणका का क्षेत्रमा पनि उहाँका प्रयासहरू सराहनीय छन्। वैज्ञानिक बन बनाउने नाममा अनावश्यक फडानी भइरहेको अमरगढी सामुदायिक बनको थप क्षति हुनबाट रोक्ने काममा पनि उहाँहरू जस्तै सक्रिय युवाहरूको आवाजले महत्त्वपूर्ण भूमिका खेलेको थियो । बलदेव सिंह चाड अहिलेको विकृत राजनीतिक समाजमा युवाहरूको भीडबाट अलग कसैको अन्धभक्त नभएर विशुद्ध सामाजिक भावना भएको बताउँदै उहाँले जुनसुकै पार्टीका गलत क्रियाकलापहरूको खुलेर विरोध गर्ने र समाजमा आपत् बिपतका बेलामा गर्ने आर्थिक, सामाजिक कार्यहरूले गाउँ पालिकालाई समेत काम गर्न सजिलो बनाई दिएको शिवनाथ गाउँ पालिका की उपाध्यक्ष कुश्मा चन्द बताउनुहुन्छ।
यसै गरी बलदेव सिंह चाड एक असल निस्स्वार्थ सामाजिक व्यक्तित्व भएको र समाज सेवामा उहाँको अतुलनीय योगदान रहेको पञ्चेश्वर गाउँ पालिका शिक्षा शाखा प्रमुख शिवराज कलौनीको बुझाई छ। नागार्जुन उच्च मा वि सर्मालीका प्राधानाचार्य महामल सिंह साउद भन्छन्; युवा पिँढीलाई समाजको भलाई र सेवासंग जोड्दै बलदेव सिंह चाड एक निस्स्वार्थ सामाजिक अभियन्ता भएको र उनले दीन, दुःखी र असहाय रोगी बिरामीहरूको उपचारमा सहयोगका साथै विभिन्न सामुदायिक विकास र सामाजिक कार्यहरूमा लाखौँ सहयोग गरेको उनी बताउँछन्।
सामाजिक अभियन्ता एवं सुदूरपश्चिम समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष लाल बहादुर साउदले बलदेव सिंह चाडलाई मनकारी अगुवा सामाजिक अभियन्ता मान्छन्। उनको बुझाई मा व्यक्ति कुराले भन्दा पनि काम र परोपकारी मनले ठुलो हुन्छ। बलदेव सिंह चाड त्यसैका प्रतिमूर्ति हुन। नेपाली काँग्रेसका युवा नेता एवं जनसम्पर्क समिति दक्षिण कोरियाका उप सभापति, सामाजिक अभियान्तासमेत रहेका जितेन्द्र सिंह महता भन्छन्; कुनै भत्ता र सत्ता बिना दीन दुःखी र समाजको सेवामा समर्पित बलदेव सिंह चाड एक आम नागरिकको सशक्त आवाज हुन भने समाजमा राजनीतिक पार्टीहरू र तिनको आडमा गलत प्रवृत्तिमा लिप्त व्यक्तिहरूका लागि चुनौती हुन। सभ्य, परोपकारी, आदर्श, निस्स्वार्थ र स्वच्छ सामाजिक अभियन्ताको छवि बनाउनु भएका बल्देब सिंह चाडलाई सदियौँ सम्म यो समाजले उहाँले लगाउनु भएको गुन बिर्सने छैन। उहाँको अमर नाम स्वर्णिम अक्षरले लेखिने छ। सामाजिक सेवामा समर्पित उनको यो ऊर्जा र जोस अझै बढेर आओस् , शुभकामना !!  (लेखकः पत्रकार खेम सिंह साउद नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य )

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट