सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका खेलाडीलाई ह्वीलचेयर वितरण

अपाङ्गता भएका व्यक्ति तथा पारा खेलकुद खेलाडीलाई स्पोर्ट ह्वीलचेयर

ह्वीलचेयर
प्रकाशित : :

कैलालीः सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका खेलाडीलाई ह्वीलचेयर वितरण गरिएको छ । बुधबार अपाङ्गता सहायता प्रतिष्ठान नेपालको आयोजनामा सुदूरपश्चिमका अपाङ्गता भएका व्यक्ति तथा पारा खेलकुद खेलाडीलाई स्पोर्ट ह्वीलचेयर (रथ राईडर) वितरण गरिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, नेपाल पाराओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशको समन्वय र राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज नेपाल अनामनगर काठमाडौंको प्राविधिक सहयोगमा ह्वीलचेयर वितरण गरिएको बताइएको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गोदावरी नगरपालिकाको वडा नम्बर ३ का जेष्ठ नागरिक वीर बहादुर भाटलाई ह्वीलचेयर हस्तान्तरण गर्दै कार्यक्रमको उद्धघाटन गरेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट