३० वर्षीय युवकको टाउको छिनालिएको अवस्थामा शव फेला

३० वर्षीय युवकको हत्या

मृत्यु/ज्यान गयो
सांकेति तस्विर
प्रकाशित : :

सर्लाही: सर्लाही सदरमुकाम मलंगवा–१० का नागेन्द्रराय यादवका ३० वर्षीय छोरा सुशीलको बिहीबार बिहान टाउको छिनालिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीको खेतमा रायको शरीर र टाउको ६१ मिटर वरपर फेला परेको थियो । घटनास्थलबाट तीन किलोमिटर आसपास बस्ती छैन ।

स्थानीयले बिहीबार बिहान पचगछिया चौरीको खेतमा टाउकोबिनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल चौरी भएको र आलीमा अरहरले छेकिएको हुनाले बेलैमा कसैले भेउ पाउन सकेन । सूचना पाएलगत्तै प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर आफैं घटनास्थल पुगेका थिए । बुधबार साँझ एकैछिनमा आउँछु भनेर घरबाट निस्केका सुशील अबेर रातिसम्म घर नआएको परिवारजनले जनाएका छन् ।

कसैले योजना बनाएरै हत्या गरेको दाबी मृतकका आफन्तले गरिरहेका छन् । विभिन्न कोणबाट हत्याको अनुसन्धान भइरहेको र संलग्नको नजिक पुगेको प्रहरीले जनाएको छ । श्रीमतीले छाडेपछि सुशील केही वर्षयता घरमै बसिरहेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट