काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्।
मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन्।
ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’